Comments Add Comment

‘चङ्गाचेट’मा दीपेन्द्रले लिए २५ लाख, आयुष्मान र ऋचा मुख्य भूमिकामा


नायकहरुको पारिश्रमिक बढिरहेको समयमा अहिले केहि निर्देशकको पारिश्रमिक समेत महंगो हुन थालेको छ । निर्देशक रामबाबु गुरुङ, निश्चल बस्नेतले २५ लाख पारिश्रमिक लिएर चलचित्र निर्देशन गरेको खबर नयाँ रहेन ।

अब, अर्का सफल निर्देशक दीपेन्द्र के खनालले पनि २५ लाख पारिश्रमिक लिएर नयाँ चलचित्रको निर्देशन गर्दैछन् । माधव वाग्लेको निर्माणमा बन्न लागेको नयाँ चलचित्र ‘चङ्गाचेट’का लागि दीपेन्द्रले २५ लाख पारिश्रमिक लिएका हुन् । दीपेन्द्रले अनलाइनखबरसँग भने-‘हो, मैले २५ लाख पारिश्रमिक लिएको कुरा सत्य हो । निर्देशकको हकमा यो पारिश्रमिक सामान्य हो । एउटा चलचित्रका लागि बर्ष दिन भन्दा बढी समय दिनुपर्ने भएकाले पनि २५ लाख पारिश्रमिक लिुनलाई ठूलो रुपमा हेर्नु हुँदैन ।’

यो चलचित्रमा आयुष्मान देशराज जोशी, रविन्द्र झा, ऋचा शर्मा र सन्ध्या केसी मुख्य कलाकारको रुपमा अनुवन्धित भैसकेका छन् । अन्य कलाकारसँग फाइनल कुरा नभैसकेकाले सार्वजनिक नगरिएको दीपेन्द्रले बताए ।

उनले भने-‘अहिले देश बाहिर पनि कुन निर्देशक, निर्माताले बनाएको चलचित्र हो भनेर हेर्न थालिएको छ । मैले चलचित्र निर्देशन गर्दा धेरै समय पनि लगाउँदिन । यसैले निर्देशकको पारिश्रमिकमा १० लाख थप्दा निर्माताको करोड सुरक्षित हुने अवस्था छ ।’

यो चलचित्र पूर्ण रुपमा कमर्सियल भ्यालूमा बन्ने उनले बताए । दीपेन्द्रले अनलाइनखबरसँग कथाको बारेमा भने-‘हो, यसपटक मैले पूर्ण कमेडी कथामा चलचित्र बनाउँदैछु । चलचित्रले यूवाहरुको कथालाई प्रस्तुत गर्नेछ । एउटा राम्रो चलचित्र बन्नेमा म ढुक्क छु ।’

चलचित्रमा प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत रहने पक्का भैसकेको छ । निरज कँडेलले चलचित्र खिच्नेछन् । चलचित्रको छायांकन चैत्र १ गतेबाट सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment