Comments Add Comment

प्रदिप र प्रियंकाको ‘लिलिबिली’ रजनीकान्तका कारण सर्‍यो


निर्देशक मिलन चाम्सको प्रतिक्षित प्रोजेक्ट ‘लिलिबिली’को प्रदर्शन मिति हेरफेर भैरहेको छ । चलचित्रको निर्माण सुरु गरेसँगै यसलाई वैशाख १४ गतेबाट प्रदर्शनमा ल्याउने तयारी थालिएको थियो ।

तर, यो मितिमा बलिउडको प्रतिक्षित चलचित्र ‘२.०’ प्रदर्शन हुने चर्चासँगै निर्माता गोविन्द शाहीले चैत्र ३० गते चलचित्र रिलिज हुने जानकारी दिएका थिए । वैशाख १४ मा रजनीकै चलचित्र आउने भएपछि निर्मात्री केकी अधिकारीको नयाँ चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पनि चैत्र २३ मा प्रदर्शन हुने चर्चा चल्यो ।

तर, चलचित्रका मुख्य नायक रजनीकान्तले नयाँ मिति सार्वजनिक गरिदिए । जसअनुसार, यो चलचित्र अब चैत्र ३० गतेबाट रिलिज हुने पक्का भएको छ । रजनीकान्त र नायक अक्षय कुमारको चलचित्र ‘२.०’ चैत्र ३० मा आउने भएपछि फेरि निर्माता शाहीले प्राविधिक कारणले चलचित्रको काम नसकिने भएकाले वैशाख १४ मै चलचित्र रिलिज हुने बताएका छन् ।

नायक प्रदिप खड्काको साथमा नायिका प्रियंका कार्की र नव-नायिका जसिता गुरुङले यो चलचित्रमा काम गरेका छन् । लभ स्टोरी कथामा तयार भएको चलचित्रलाई यूरोपपछि नेपालमा खिचिनेछ ।

आशा गरौ, अब यो चलचित्रको नयाँ मिति तोकिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment