Comments Add Comment

नाटकबाट उदाउँदै इष्टु कार्की

विगत ३ बर्षदेखि थिएटर अभिनयमा सक्रिय इष्टु कार्की सानैदेखि नृत्यमा रुचि राख्थिन । नृत्यमा सहभागी भएपनि उनको मन भने नाटकमा अडिएको थियो । तर, गाउँमा नाटकमा अभिनय गर्ने सम्भावना थिएन । सुरुवाति दिनमा थिएटर भिलेजबाट अनुप बराल र विमल सुवेदिबाट प्रशिक्षण लिएर केही नाटकमा अभिनय गरिन् ।

उनको बुबाका साथी थिए साहित्यकार आहुति । उनको परिवारका सदस्यसँग आहुतीको आउ जाउ राम्रै थियो । इष्टुले आहुतीलाई सोधिन्-‘मलाई नाटकमा अभिनय गर्न मन छ कहाँ जाऔं रु आहुतिले सुझाए ‘थिएटर भिलेज राम्रो छ । त्यही गएर प्रशिक्षण लेउ ।’

पहिलो पटक मण्डला थिएटरमा मञ्चित नाटक ‘शिरु महारानी’ हेरेकी इष्टुलाई लाग्यो म पनि यस्तै अभिनय गर्न सक्नेँ भए कति मख्ख पर्थे होला । लगत्तै थिएटर भिलेजको यात्रा सुरु गरिन् । अनुप बराल, भोलाराज सापकोटा, विक्रम परियारलगायतसँग तीन महिना प्रशिक्षण लिइन् । ‘मकैको अर्कै खेती र घोडचढी’मा अभिनय गर्ने अवसर मिल्यो । घोडचढीमा निर्वाह गरेको खबरीको भुमिकाले उनलाई चिनाउन भुमिका खेल्यो ।

यो विचमा उनले टेलिश्रृङ्खला ‘जीवनचत्र’मा पनि अभिनय गरेकी छिन् । आगामी दिनमा चलचित्रमै सक्रिय हुने उनको योजना छ । नाटकमा अभिनय गरेर तृप्ती पाइन्छ भन्ने इष्टु नाटकबाटै आय आर्जन गार्‍हो भन्नेमा सचेत छिन् । ‘चलचित्रमै अभिनय गर्ने योजनामा छु केही कथा पढिरहेकी छु ।’ उनले भनिन् ।

ड्रेस: आशा गिरी ‘सेड्स कलेक्सन’

मेकअप: सुष्मा कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment