Comments Add Comment

जेसीबीका तीन नयाँ एस्काभेटर नेपालमा

२३ पुस, काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपहरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले विभिन्न क्षमताका तीन नयाँ एस्काभेटर सार्वजनिक गरेको छ ।

एमएडब्लु अर्थमुभर्सले ३ टनको जेसीबी ३० प्लस, ३० टनको जेसीबी ३०५ एलसी र ३८ टनको जेसीबी ३८० एस्काभेटर पहिलो पटक नेपाल भित्र्याएको हो ।

नयाँ प्रडक्ट लाइन-अपसँगै, जेसीबीले आफूलाई पूर्ण निर्माण उपकरण साझेदारका रुपमा स्थापित गरेको छ । नेपालको तीन वटै तहका निर्वाचनसम्पन्न भएसँगै भौतिक पूर्वाधार निर्माणले गति पाउन थालेको परिप्रेक्षमा एस्काभेटरका नयाँ मोडेलहरु नेपाल ल्याइएका हुन् ।

‘लामो समयदेखि रोकिएको विकास निर्माणको कार्य अब सुचारु भएको छ । विभिन्न प्रकारका निर्माणका लागि आवश्यक फरक फरक क्षमताको माग भएका कारण हामीले नयाँ एस्काभेटरहरु नेपाली बजारमा ल्याएका हौं ।’ राजधानीमा आयोजित जेसीबी कन्क्वेष्ट इभेन्टमा एमएडब्लु अर्थमुभर्स प्रालिका सेल्स एन्ड मार्केटिङ हेड दिपकराज गिरीले भने, ‘अब हामीसँग एस्काभेटरको कम्प्िलट रेन्ज उपलब्ध छ ।’

नेपाली बजारमा जेसीबीको जेएस ८१, जेएस १४०, जेएस२०५, जेसीबी २२० एलसी एक्स्ट्रा पहिलेदेखि नै उपलब्ध छन् । नयाँ उत्पादनसँगै अब जेसीबीसँग फरक फरक प्रकृतिका कामका लागि ३, ८, १४, २०, २२, ३० र ३८ टनका गरी सात प्रकारका एस्काभेटर उपलब्ध हुनेछन् ।

‘परियोजनाको आकार ठूलो हुन थालेपछि निर्माण व्यवसायीहरुको नजरमा ठूला क्षमताका मेसिनहरु पर्न थालेका छन् । यस्ता मेसिनले उत्पादकत्वलाई बढाउनुका साथै इन्धनको खपतलाई समेत घटाउँछ । यी दुवै जेसीबीका मेसिनहरुको विशेषता नै हुन्,’ गिरीले अगाडि थपे ।

एमएडब्लु अर्थमुभर्सले केही समयअघि मात्र २० प्रतिशत डाउन पेमेन्ट अफर ल्याएको थियो जुन नेपालमै पहिलो पटक थियो । एनसीसी बैंक लिमिटेडसँगको सहकार्यमा सुरु भएको यो योजनामा एमएडब्लुले मात्र २० प्रतिशत डाउनपेमेन्टमा ग्राहकलाई जेसीबी ब्रान्डका कुनै पनि मेसिन उपलब्ध गराउँदै आएको छ ।

नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । ब्याकहो र एस्काभेटरबाहेक नेपाली बजारमा जेसीबीका रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल, रोबोट र जेनसेट उपलब्ध छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकपि्रय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बलियो छ ।

देशभर १२ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । जेसीबीले विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बन्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment