Comments Add Comment

विकिनी काण्डपछि ‘रोमियो एन्ड मुना’को प्रचार शैली फेरियो


चलचित्र ‘रोमियो एन्ड मुना’ फागुण ११ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि नायक तथा निर्माता विनय श्रेष्ठले केहि हप्ता अगाडि विकिनी लगाएका यूवतीलाई नै पत्रकार सम्मेलनमा उपस्थित गराए । विनयको यो शैलीको व्यापक आलोचना भयो । जसकाकारण, चलचित्रको प्रचारमा घाटा लागेको विश्लेषण गरियो ।

सायद, यहि कारणले पनि हुनसक्छ निर्माणपक्षले चलचित्रको नयाँ पोष्टर रिलिज गरेको छ । जसमा, चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ र नायिका श्रृष्टी श्रेष्ठको प्रेम देख्न सकिन्छ ।

गाउँमा बस्ने यूवती र शहरमा बस्ने यूवाको कथामा यो चलचित्र निर्माण भएको छ । नरेशकुमार केसीको निर्देशनमा तयार भएको यो चलचित्रमा सुष्मा कार्की, प्रज्ज्वल सुजल गिरी, सुरक्षा पन्तको मुख्य भूमिका छ । प्रशन्न गोपाली, रोजी श्रेष्ठ र राम शर्माको संयुक्त लगानीमा तयार भएको चलचित्रमा दिपाङ्कर सिक्दरको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment