Comments Add Comment

सलमानको ‘टाइगर जिन्दा है’ ३ सय करोड क्लबमा


बलिउडका चर्चित नायक सलमान खान र नायिका कट्रिना कैफ अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ तीनसय करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको १६ औ दिनमा उक्त चलचित्रले तीनसय करोड कमाई गरेको हो । प्रदर्शनको तेश्रो दिनमै १०० करोड पार गर्न सफल उक्त चलचित्रप्रति अहिले पनि दर्शकको क्रेज बाँकी नै रहेको चलचित्र पण्डितहरुको बुझाई छ ।

यस अघि सन् २०१४ मा आमिर खानको ‘पिके’, सन् २०१५ मा सलमान खानको ‘बजरंगी भाइजान’, २०१६ मा सलमानै ‘सुल्तान’, र आमिरको ‘दंगल’ले तीनसय करोडको आँकडा पार गरेका थिए ।

‘टाइगर जिन्दा हे’ यशराज ब्यानरमा बनेको सबै भन्दा धेरै कमाई गर्ने चलचित्र बनेको छ । अहिलेसम्मको रेकर्ड अनुसार दोश्रोे नम्बरमा ‘सुल्तान’ छ भने तेस्रोमा ‘धुम ३’ छ ।

तीन सय करोड पार गर्ने ‘टाइगर जिन्दा हे’ सलमानको तेश्रो चलचित्र हो । यसमा अलि अब्बास जफरको निर्देशन रहेको छ । यो चलचित्रले सलमानकै अघिल्लो चलचित्र ‘बजरंगी भाइजान’ले बनाएको ३ सय २० करोडको रेकर्ड तोड्छ या तोड्दैन हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment