Comments Add Comment

पर्सामा चारजना फरार अभियुक्त पक्राउ

२४ पुस, वीरगञ्ज । पर्सा प्रहरीले विभिन्न अपराधिक घटनामा अदालतबाट दोषी प्रमाणित भई फरार रहेका चार जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको विजवनिया निवासी २० वर्षीय नजमुल्लाह राउत गद्दी, रौतहटको ओरैया बस्ने ४५ वर्षीय शम्भुकुमार यादव र पर्साको मुड्ली निवासी ६० वर्षीय प्रित पंडित कुम्हार र ३५ वर्षीय जयनारायण पंडित कुम्हार रहेका छन् ।

गद्दी २०७२ साल फागुन १६ गतेको सवारी ज्यान मुद्धामा, यादव ०७४ साल मंसिर २५ गतेको जर्बजस्तीकरणी मुद्धामा र कुम्हारद्वय ०७३ असोज १ गतेको अपहरण तथा शरीर बन्धक मुद्धाका फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।

यादव पुस २० गते र अरु सबै पुस १९ गते नै पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment