Comments Add Comment

‘गुटबन्दीका कारण कांग्रेसको पराजय’

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका युवा नेताले बोलाएको प्रबुद्ध समूहको छलफलमा सहभागीले पार्टीभित्र रहेको गुटबन्दीका कारण प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हार व्यहोर्नु परेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित छलफल कार्यक्रममा सहभागीले कांग्रेसका नेताहरुले संगठन निर्माणभन्दा पनि आफ्नो समूह निर्माणतिर ध्यान दिएका कारण पार्टी लथालिङ्ग बनेको बताएका हुन् ।

कांग्रेसले आफ्नो सिद्धान्तलाई वेवास्ता गर्दा हार व्यहोर्नु परेको कतिपयको टिप्पणी थियो । कांग्रेसको पराजयको जिम्मेवारी हरेक तह र तप्कामा रहेका कांग्रेस पदाधिकारीले लिनु पर्ने समेत उनीहरुले बताए ।

कांग्रेसमा चुस्तदुरुस्त नेतृत्व नभएको भन्दै आत्मलोचना गर्ने प्रवृत्तिको आवश्यक रहेको सुझाव दिइएको छ ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल लगायतले प्रबुद्ध समूहसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment