जरुरी राजनीतिक मुद्दाहरुमा हुने चर्चाको महत्वमा जोड दिँदै टि्वटरले विश्वका चर्चित नेताहरुले विवादित टि्वट गरेपछि उनीहरुको टि्वटर अकाउन्ट ब्लक नगर्ने प्रष्ट पारेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु हतियारका सम्बन्धमा पछिल्लोपटक गरेको निकै चर्चित र विवादित टि्वटका विषयमा बहस चलिरहेका बेला टि्वटरले यस्तो प्रष्टिकरण दिएको हो ।
डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतालाई धम्की दिँदै आफुसँग ठूलो परमाणु हतियारको स्विच रहेको भनी टि्वट गरेको विषयले विश्वमा तहल्का मच्चाइरहेको छ । ट्रम्पको हिंसा फैलाउने खालको धम्कीयुक्त टि्वटलाई टि्वटरले आफ्नो प्लाटर्फममा स्थान दिएको भन्दै टि्वटरको आलोचना भइरहेको छ ।
सोही सन्दर्भमा टि्वटरले एक ब्लग पोष्टमार्फत भनेको छ की टि्वटर सेवा प्रदान गर्नेसँगै विश्वस्तरमा मानिसहरुबीचमा सम्वाद र बहसलाई बढावा दिनका लागि हो ।
टि्वटरले भनेको छ, ‘यस बहसमा निर्वाचित विश्वस्तरीय नेताहरुले अहम भूमिका निभाउँछन् किनकी हाम्रो समाजमा उनीहरुको गहिरो प्रभाव छ । विश्वस्तरीय नेतालाई टि्वटरमा ब्लक गर्नु वा उनीहरुका विवादित टि्वट हटाउनाले अहम जानकारीहरुमाथि पर्दा लाग्दछ, जुन मानिसहरुले देख्नु तथा चर्चा गर्नु आवश्यक हुन्छ ।’ एजेन्सीको सहयोगमा