Comments Add Comment

डा. केसीको गिरफ्तारी सरकारका लागि लज्जाजनकः रविन्द्र मिश्र (भिडियोसहित)

२५ पुस, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले डा. गोविन्द केसीको गिरफ्तारी सरकारका लागि लज्जाजनक भएको बताएका छन् । उनले डा. केसीलाई तत्काल रिहा गर्न र उनले लगाएका आरोपमाथि छानविन गर्न माग गरेका छन् ।

अदालतको मानहानीको मुद्दा लागेपछि पक्राउ परेका डा. केसीको समर्थनमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुलाई सम्बोधन गर्दै मिश्रले डा. केसीलाई अपराधी जसरी रातारात गिरफ्तार गरिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘सर्वोच्चले आदेश दिएपछि वर्षौंसम्म कारबाही नभएको उदाहरण छन् । तर, डा. केसी जस्तो निष्ठा बोकेका व्यक्तिलाई रातारात हठात गिरफ्तार गरियो, यो निन्दनीय छ । सरकारका लागि लज्जाजनक विषय हो ।’

न्यायालय, कर्मचारीतन्त्रका साथै स्वतन्त्र रहनुपर्ने निकायहरु राजनीतिकरण गरिएको र त्यही राजनीतिकरणको परीणाम यो घटना पनि भएको मिश्रले बताए ।

उनले डा. केसीलाई तत्काल रिहा गर्न माग गरे । डा. केसीले उठाएको आवाज सर्वोच्च र सिंहदरबारले पनि सुन्नुपर्ने भन्दै मिश्रले भने, ‘उनलाई रिहा गरेर उनले जुन गम्भीर आरोप लगाएका छन्, त्यसबारे छानविन हुर्नैपर्छ ।’

डा. केसीले अभिव्यक्तिमा केही आक्रोश मिसिएको भए पनि त्यसलाई अदालतको मानहानीका रुपमा लिन नहुने उनले बताए । डा. केसीको मनसाय हेरिनुपर्ने भन्दै मिश्रले भने, ‘उहाँको मनसाय भनेको स्वास्थ्य सेवामा सुधार होस् भन्ने हो । अभिव्यक्ति दिने क्रममा केही आक्रोश मिसियो होला । त्यसैको भरमा अपराधी जसरी गिरफ्तार गर्ने सरकारलाई अधिकार नै छैन ।’

यो पनि पढ्नुहोस् 

गगन थापाको चुनौतीः श्रीमान्, हामीलाई पनि मानहानी मुद्दा लगाइयोस् (भिडियोसहित)

गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसमेत सडकमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment