Comments Add Comment

‘ओखती’ बोलको गीतको कभर भिडियो बनाउनेलाई पुरस्कार प्रदान


शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘मिस्टर झोले’को निर्माणपक्षले कभर भिडियो प्रतियोगीताका विजेतालाई पुरस्कृत गरेको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उत्कृष्ट ३ लाई नगद राशीसहित पुरस्कृत गरिएको हो । चलचित्रमा समावेश ‘ओखती’ बोलको गीतको भिडियो बनाउनेहरुमध्येबाट उत्कृष्ट ३ छनोट गरिएको हो । प्रतियोगीतामा पोखराको क्रिस्टल क्लजले प्रथम स्थान हासिल गरेको छ ।

यस्तै, काठमाण्डौको किसन एन्ड डान्स क्रु दोश्रो हुन सफल भयो भने तेश्रो स्थान इटहरिको डाइनामिक क्रुले कब्जा गर्न सफल भयो । प्रतियोगीतामा २५ वटा भिडियो सहभागी भएको निर्माणपक्षले बताएको छ ।

प्रथम हुनेले १ लाख ५५ हजार, दोश्रो हुनेले १ लाख २५ हजार र तेश्रो हुनुले १ लाख ५ हजार नगद प्राप्त गरेका छन् । चलचित्रका निर्देशक रामबाबु गुरुङले एक महिना अगाडि जम्मा एउटा मात्र भिडियो प्राप्त भएको भन्दै निर्धारित समयमा २५ वटा भिडियो बनेकोमा खुशी व्यक्त गरे ।

चलचित्रमा दयाहाङ राई, दीयापुन, वुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । पौष २८ गतेबाट रिलिज हुने चलचित्रमा टेकेन खड्काको लगानी छ भने रौनक विक्रम कँडेल यसका कार्यकारी निर्माता हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment