Comments Add Comment

मलाइकाले सार्वजनिक गरिन् हट तस्वीर


बलिउड नायिका मलाईका अरोराले ४४ वर्षमा नयाँ बिकिनी तस्विर सार्वजनिक गरेकी छिन् । सेतो बिकिनीमा गोवाको समुन्द्रमा रमाउदै गरेको तस्वीर उनले इन्स्ट्राग्राममा शेयर गरेकी छिन् । उनको त्यहि तस्विर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

१५ वर्षको छोराकी आमा मलाइका अहिले पनि नियमित ब्यायाम गर्छिन् । ब्यायामकै कारण आफू यति सुन्दर भएको उनको भनाई छ । उनले एक पटक कुराकानीको क्रममा भनेकी थिइन् कि ‘म खानामा साग कहिल्यै छुटाउँदिन ।’ त्यसो त हरेक दिन आधा घण्टा स्वीमिङ गर्छिन् भने साइकिलिङ र जगिङ पनि नियमित गर्छिन् ।

मलाइकाको तस्बिर अहिले सामाजिक संजालमा हिट भैरहेको छ । अरवाज खानसँग डिभोर्स गरेपछि झनै विन्दास देखिएकी मलाइका आइटम नृत्यका कारण बलिउडमा बढी चर्चित छिन् । उनको फिटनेश धेरैका लागि प्रेरणाको श्रोत समेत बन्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment