Comments Add Comment

मिलनलाई हिन्दी फिल्मकै तनाव, ‘लिलिबिली’पछि ‘ह्याप्पी डेज’ सर्‍यो


निर्देशक मिलन चाम्सलाई ठूला हिन्दी चलचित्रले तनाव नै दिएका छन् । यसअगाडि चलचित्र ‘२.०’का कारण उनले निर्देशन गरेको चलचित्र ‘लिलिबिली’को प्रदर्शन मिति सार्नुपरेको थियो ।

अब, अर्को चलचित्रलाई पनि हिन्दी चलचित्रले नै असर गर्ने भएपछि उनले प्रदर्शन मिति पोष्टपोन्ड गरेका छन् । माघ १२ गतेलाई प्रदर्शन मिति तोक्दै ट्रेलर समेत सार्वजनिक भैसकेको चलचित्र ‘ह्याप्पी डेज’ अब तोकिएको मितिमा नआउने भएको छ ।

यो मितिमा २ ठूला हिन्दी चलचित्र रिलिज हुँदैछन् । संजयलिला भन्सालीको प्रतिक्षित चलचित्र ‘पद्यमावत’ माघ १२ गते रिलिज हुने भएको छ । यस्तै, नायक अक्षय कुमार अभिनित चलचित्र ‘प्याडम्यान’ यो मितिमा रिलिज हुने पहिले नै तय थियो ।

दयाहाङ राई, प्रियंका कार्की र संजय गुप्ताको मुख्य भूमिका रहेको यो चलचित्रको नयाँ प्रदर्शन मिति चाडै नै तय गरिने निर्माणपक्षले बताएको छ । यो बर्ष नै चलचित्र रिलिज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment