Comments Add Comment

नागरिक लगानी कोषको फेरियो समूह, अब ‘अन्य’ समूहमा


२५ पुस, काठमाडौं। नेपाल स्टक एक्सचेन्जले यसअघि वित्त कम्पनी समूहमा राख्दै आएको नागरिक लगानी कोषलाई ‘अन्य’ समूहमा सारेको छ ।

कोष र वित्त कम्पनीहरुको कारोबार प्रकृती नै फरक रहेकोले अर्को समूहमा सारिएको हो । यससँगै अब ‘अन्य’ समूहमा तीन सक्रिय कम्पनी रहने भएको छ । यस समूहमा रहेका जलविद्युत् लगानी तथा पुर्वाधार कम्पनी, नेपाल टेलिकम र कोष सक्रिय कारोबार हुने कम्पनी हुन् ।

यस समूहमा नेपाल फिल्म विकास कम्पनी पनि यही समूहमा रहेको छ ।

कोषलाई अलग्याएसँगै सूचकको यथार्थपरक सुचना मिल्ने नेप्सेले उल्लेख गरेको छ ।  यसैबीच, नेप्सेले २५ औं वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment