Comments Add Comment

मन्त्रीले दिएको गाई खेलाडीले किन फिर्ता गरे ?

पदक विजेता मुक्केवाज खेलाडीलाई गाई पुरस्कार दिने भारतको हरियाणा राज्यका कृषिमन्त्रीको घोषणा निकै विवादित बन्यो ।

मन्त्रीले पुरस्कार स्वरुप केही खेलाडीहरुलाई गाई पुरस्कार पनि दिए । तर मन्त्रीले दिएको गाई खेलाडीहरुले फिर्ता गरिदिएका छन् ।

गत नोभेम्बरमा सरकारले महिला बक्सरहरुलाई पुरस्कारको रुपमा दिएको गाई खेलाडीहरुका लागि उल्टै आपत् बन्यो । जसका कारण ३ जना महिला खेलाडीले सरकारको नासो फिर्ता गरे । अर्की खेलाडीले पनि गाई फिर्ता गर्ने तयारी ग्रिरहेको बताइएको छ । सरकारले ६ जना महिला बक्सरलाई गाई दिएको थियो ।

खेलाडीहरुका अनुसारको गाईको दानामा निकै खर्च भएको तर निकै कममात्र दुध दिने गरेको हुँदा गाईले निकै घाटा पर्‍याएको छ । कतिपयले चाहीँ गाईले दुध दिनुको साटो उल्टै घरका सदस्यलाई हानेर घाइते बनाएको बताएका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment