Comments Add Comment

नयाँ वर्षको पहिलो हप्ता गुगलमा के-के खोजियो ?

 

सन् २०१७ मा गुगल सर्च इन्जिनमा सबैभन्दा धेरै सर्च गरिएका शव्दाबलीहरुको सूचि गुगलले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

जस अनुसार सेप्टेम्बर महिनामा क्यारेबियन क्षेत्रमा उत्पात मच्चाएको इर्मा नामक सामुद्रिक आँधी गत वर्ष गुगलमा सबैभन्दा धेरै खोजी गरिएको शव्दाबली बनेको छ ।

गुगलमा विश्वव्यापी रुपमा सबैभन्दा धेरै सर्च गरिएका अन्य टपटेन शव्दाबलीहरु निम्नानुसार रहेः

2) iPhone 8

3) iPhone X

4) Matt Lauer

5) Meghan Markle

6) 13 Reasons Why

7) Tom Petty

8) Fidget Spinner

9) Chester Bennington

10) India National Cricket Team

सन् २०१७ को गुगल सर्च ट्रेण्ड माथि उल्लेख भएअनुसार रहेकोमा सन् २०१८ को पहिलो हप्तामा मानिसहरुले गुगलमा सबैभन्दा धेरै के के खोजे भन्ने कुराको पनि गुगलले जानकारी प्रदान गरेको छ ।

गुगल सर्च रिजल्टले यो प्रष्ट पारेको छ की सन् २०१८ मा धेरै मानिसहरुको न्यू इयर रिजोलुसन अर्थात् नयाँ वर्षमा गरेको एउटा प्रण चाहीँ आफ्नो जिउको वजन कम गर्नु रहेको छ ।

नयाँ वर्षको पहिलो हप्तामा मानिसहरुले सबैभन्दा धेरै डाइट प्लान, जिम सेन्टर, वजन कम गर्ने टिप्सका साथै हिउँ पर्ने ठाउँहरुको बारेमा गुगलमा सर्च गरे ।

गुगल कि वर्डका प्रबन्ध सम्पादक एलिजाबेथ लिओनीका अनुसार सन् २०१८ को पहिलो हप्ता गुगलमा सबैभन्दा धेरै खोजिएको शव्दाबली अर्थात् कि वर्डको रुपमा Gyms Near Me रहेको छ । अर्थात् मानिसहरुले आफु नजिक रहेको जिमखानाको बारेको सबैभन्दा धेरै खोजी गरेका छन् ।

त्यस्तै न्यू इयर डाइट शव्दाबलीको खोजी पनि सबैभन्दा धेरै भएको छ । बच्चाका लागि न्यू इयर रिजोलुसन के हुनसक्छ भन्ने बारेमा पनि मानिसहरुले खोजी गरेका छन्।

उल्लेख्य मानिसहरुले नयाँ वर्षमा घुमफिरका लागि न्यानो तथा घाम लागेको ठाउँहरुको बारेमा पनि गुगलमा खोजी गरे । जबकि धेरै मानिसहरुले हिउँ पर्ने ठाउँहरुको बारेमा गुगल सर्चमा खोजी गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment