Comments Add Comment

सरकारी कोष प्रति आशावादी लगानीकर्ता , नेप्से १२ अंक उक्लियो


२५ पुस, काठमाडौं । सरकारी ढुकुटीमा रहेको रकम सेयर बजारमा भित्र्याउने पहल भइरहेको खबर बजारमा प्रसारित भएपछि नेप्से मंगलवार दोहोरो अंकले बढ्यो । नेप्से परिसूचक १२ अंकले बढेर १४५६ विन्दुमा आइपुगेको हो ।

तर, सरकारी कोषमा रहेको भनिएको रकम बजारमा भित्र्याउन सहज भने नभएको सरोकारवालाहरु बताउछन् । नागरिक लगानी कोष, बीमा संस्थान लगायतलाई कहिले बजार निर्माता र कहिले डिलरको रुपमा पूँजी बजारमा भित्र्याउने प्रयास यसअघि पनि पटक पटक नभएको होइन । पछिल्लो पटक लगानी काषले आफ्नो लागि आफैले सेयर किन्न पाउने गरि डिलर सिपको रुपमा कार्य गर्न दिइने पहल पनि भएको थियो ।

यससँग सम्बन्धित कानुन नै बन्न बाँकी छ । उनीहरुले आफैले बजारमा लगानी गर्ने सम्भावना भने न्युन रहेको छ । सेयर बजारमा कोषले लगानी गर्न आफ्नोमा रणनीति बनाउने दक्ष जनशक्तिको अभाव रहेको यसअघि पनि बताउदै आएको थियो । यही समस्या अहिले बजारमा भित्र्याउने पहिल गरिएका भनिएका अन्य निकायहरुमा पनि रहने देखिएको छ ।

‘नेपाली सेना, सामाजिक सुरक्षा कोष लगायतमा रहेको रकम गरेर ४ खर्ब आकर्षित गर्ने नेप्सेको योजना स्वागत योग्य भएपनि त्यसको लागि आवश्यक गृहकार्य समयमै हुने नहुने शंकाकै विषय बन्दै आएको छ,’ एक लगानीकर्ताले भने ।

त्यसैगरि बजारमा ५१ अर्ब अधिक तरलता रहेको खबरले पनि लगानीकर्ता आशावादी देखिएका थिए । तर, बैंकहरुमा अहिले देखिएको समस्या तरलताको नभई कर्जा योग्य लगानीको रहेको हो ।

‘बैंकहरुले अनुशासन बाहिर गएर लगानी गर्नु नै गल्ति हो, हामीले तरलताको कुरा गर्ने हो भने अहिले पर्याप्त छ, तर अब वहाहरु कर्जा योग्य पुँजी छैन भन्नु हुन्छ भने त निक्षेप बढाउनु पर्यो होइन भने कर्जा लगानीमा सन्तुलित हुनुपर्यो,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने ।

मंगलवार पनि केही बैंकहरुले निक्षेपको व्याजदर ११ प्रतिशतसम्म कायम गरेको सुचना प्रकाशित गरेका छन् ।

त्यस्तै, प्राविधिक विश्लेषणले भने लगानीकर्ताहरुको मनोविज्ञानमा सुधार हुँदै गएको संकेत गर्छ । नेप्सेले नजिकको उच्च विन्दु १५२० र न्युनत्तम विन्दु १३९० को आधारमा ५० प्रतिशत रिट्रेसमेन्ट पाएको छ । यस तहको रिट्रेसमेन्टमा लगानीकर्ताको मनोविज्ञान बलियो हुने भएकोले यसलाई महत्वका साथ हेरिन्छ । रिट्रेसमेन्टको प्राविधिक विश्लेषणमा भने यो तहको ठुलो महत्व छैन् । ६१ प्रतिशतले रिट्रेस भएमा १५२० नजिकसम्म सहजै पुग्ने सम्भावना छ ।

यस दिन बजारमा उत्पादनमुलक समूहबाहेक सबै समूहका परिसूचक बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment