Comments Add Comment

जब मेट्रो रेलमा एकाएक भरिए पाइन्ट फुकालेका ठिटाठिटीहरु (फोटोफिचर सहित)

विश्वभरका ६० वटा सहरमा जनवरी ७ का दिन पाइन्ट नलगाइकन मेट्रो रेलको यात्रा गर्ने ‘नो प्यान्ट सबवे राइड डे’ मनाइयो ।

दिवसका अवसरमा हजारौँ युवायुवतीहरु कट्टु तथा अण्डरवेयरमै मेट्रोमा यात्रा गरे । वर्षेनी मनाइने यो पटकको दिवस सत्रौं हो । पाइन्ट नलगाइकन रेलमा यात्रा गर्ने दिवस मनाउनका लागि तन्नेरीहरुले उत्तरी गोलार्धको चीसो मौसमको पनि परवाह गरेनन् ।

Improv Everywhere नामक समूहले यो दिवसको आयोजना गर्ने गर्दछ । दिवस हरेक वर्ष जनवरी महिनाको सुरुमै मनाइन्छ तर मिति चाहीँ हरेक वर्षको डिसेम्बर महिनामा घोषणा गरिन्छ ।

पहिलोपटक सन् २००२ मा अमेरिकाको न्युयोर्कमा यो दिवस मनाइएको थियो ।

यस पटकको दिवसमा न्युयोर्कसँगै लण्डन, प्राग, बर्लिन, म्युनिख, बि्रसबेन, जेरुसेलम लगायतका सहरहरुमा सयौँको संख्यामा युवायुवतीहरु पाइन्ट फुकालेर रेलको यात्रा गरे ।

२५ देशका ६० सहरमा यो दिवस मनाइयो । हेरौं यो वर्षका दिवसका केही तस्वीरहरु

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment