Comments Add Comment

गल्तीले परेको १० डलरको चिट्ठाले बनायो करोडपति

मानिसले आफ्नो जीवनमा कुनैबेला गरेको सानो भन्दा सानो गल्तीका कारण पनि जीवनभरी पछुताउनु पर्ने हुनसक्छ । तर कसैकसैलाई चाहीँ आफूले गरेको गल्तीले पछुताउनुपर्ने होइन कि करोडपति बनाउँदो रहेछ ।

अमेरिकामा भएको छ यस्तै । गल्तीका कारण एक महिलाको भाग्य नै बदलिएको छ र उनलाई करोडौंको फाइदा पुगेको छ ।

न्यूजर्सीको म्यानहटनमा शपिङ गर्न गएकी ओक्साना जहारोब नामकी महिलाले सुपरमार्केटमा १ डलरको लटरी टिकट मागिन् । तर स्टोर क्लर्कले भुलबस १० डलरको सेट फर लाईफ लटरी टिकट थमाए । आपूुलाई पसलेले बढी रकमको चिट्टाटिकट दिएकोमा उनलाई सुरुमा चित्त बुझेन तर उनले अन्ततः महंगो भएप्नि त्यो टिकट किनिन् ।

जहारोबलाई आफुलाई कुनै ठूला चिट्ठा पर्ला भन्ने आशा थिएन र किनेको टिकट एक हप्तासम्म थन्काएर राखिन् । जब एक हप्तापछि आफूले किनेको चिट्टा टिकट उनले स्क्रयाच गरिन् तब विश्वास नै गर्न सकिनन् । उक्त लटरी टिकटमा उनलाई ५० लाख डलरको चिट्ठा परेको थियो ।

उनलाई अबको २० वर्षसम्म हरेक वर्ष वाषिर्क रुपमा २ लाख ६० हजार डलर रकम पाउनेछिन् । त्यस्तै एक किस्ता थप ६० हजार डलर रकम पनि उनले प्राप्त गर्नेछिन् ।

कल्पना नै नगरेको चिट्ठा परेपछि उक्त रकमका कारण आफ्ना दुई सन्तानलाई ढुक्कले कलेज पढाउन सकिने भयो भनेर खुसी छिन् उनी । यतिमात्र होइन चिठ्ठा परेको खुसियालीले उनले आफ्ना परिवारलाई बहमास घुमाउन पनि लग्दैछिन् ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment