Comments Add Comment

पुस मसान्तको प्रभाव बजारमा, नेप्से दोहोरो अंकले ओर्लियो


२६ पुस, काठमाडौं । पुस महिनाको अन्तिम कारोबार भएकोले मसान्त प्रभाव बजारमा देखिएको छ ।

‘कर्जा लिएकाले बैंकमा सावाँ र व्याजको किस्ता बुझाउने तथा व्यवसायीहरुले कर तिर्ने समय आएकोले पनि लगानीकर्ताहरु बजारमा त्यति केन्द्रीत हुन पाएनन,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल भन्छन् ।

साथै, यसअघि सरकारी ढुकुटिमा रहेको रकम बैंकिङ प्रणालीमा ल्याउने गृहकार्य भइरहेकोमा त्यसको सम्भावना नदेखिएको खबर मंगलवार साँझ नै लगानीकर्ताहरुमा पुगेकोले पनि बजार घटेको अर्याल बताउछन् ।

नेप्से करिब १६ अंकले घटेको छ । सुचक १४४० मा सिमित भएको छ । बुधवार एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमा सक्रिट ब्रेक लागेको छ । कम्पनीको सेयर १० प्रतिशतले घटेको हो । कम्पनीले संस्थापक सेयर र साधारण सेयर अनुपात ५१÷४९ बनाउनुपर्ने भएको छ ।

यसअघि साधारण सेयर मात्र रहेको कम्पनीले ६ सय प्रतिशत हकप्रदको प्रस्ताव गरेको थियो । अनुपात मिलाउन प्रस्तावित हकप्रद घटाउनु पर्ने भएपछि कम्पनीको सेयर कारोबार उच्चले घटेको हो ।

कम्पनीको सेयरमा सक्रिट ब्रेक लागेपनि कारोबार सुचारु गर्न सम्भव हुन्छ, मूल्य ९ प्रतिशतले घटेर कारोबार गर्न सकिने अवस्था रहेपनि त्यो दरमा खरिद कर्ता देखिएनन । लगानीकर्ताहरु अझै घट्दा मात्रै कम्पनीको सेयर किन्ने मनस्थितीमा रहेको देखिन्छ । कारोबारको सुरुमै एभरेष्ट इन्स्योरेन्सको मूल्य घटेपछि समग्र बीमा समूहको सूचक बढ्न सकेन ।

बुधवार कारोबारमा आएका सबै सूचक घटेको छ । कारोबार रकम पनि घटेर ३७ करोडमा सिमित भएको छ । रकमको आधारमा नेपाल लाइफ, एभरेष्ट बैंक, सानिमामाई हाइड्रोको सेयर कारोबार धेरै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment