Comments Add Comment

हुन्डाईको ‘विन्टर डिलाइट न्यानो’ स्किम


२६ पुस, काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाइट स्किम’ ल्याएको छ ।

यो योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नग्ाद छुटको साथमा रु. ६,९६,००० सम्मको सेवा सुबिधा प्राप्त गर्ने अवसर पाउनेछन् ।

योजनाअन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क १ वर्ष सम्मको बिमा, रु. एक लाख सम्मको एक्सचेन्ज बोनस, रु. २० हजार बराबरको लोयल्टी बोनस सँगै पुरानो सवारीको स्पट् एक्सचेन्ज तथा मूल्यांकनको सुबिधा समेत प्राप्त गर्न सकिनेछ ।

साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment