Comments Add Comment

ह्वदयघातबाट स्पेनमा एक नेपालीको मृत्यु


बार्सिलोना । हृदयघातका कारण स्पेनमा एक नेपाली युवाको मृत्यु भएको छ। सल्लाबोट–२, अर्चलबोट, लमजुङ, स्थायी घर भएका २८ वर्षीय अमरजंग गुरुङको सोमबार राति हृदयघातका कारण मृत्यु भएको हो।

क्याटलोनिया क्षेत्रअन्तर्गत बार्सिलोनास्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका गुरुङलाई ड्युटी सकेर कपडा परिवर्तन गर्दै गर्दा रेष्टुरेन्टमा हृदयघात भएको थियो।

सन् २०११ देखि स्पेनमा बस्दै आएका गुरुङ गत वर्ष मात्रै वैवाहिक जीवनमा बाँधिएका थिए। श्रीमतीलगायत घर–परिवार नेपालमा रहेकाले शव व्यवस्थापनका लागि यहाँस्थित नेपाली समुदायले चासो व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment