Comments Add Comment

ऊर्जा विकास सम्बन्धमा महाबाणिज्यदूत मरासिनीको प्रयास

न्यूयोर्क । अमेरिकाका लागि नेपाली महाबाणिज्यदूत मधु मरासिनीले न्यूयोर्क स्टेट इनर्जी तथा फाइनान्स विभागका अध्यक्ष रिचार्ड एल कफम्यानसँग भेटी नेपालको विध्युतीय ऊर्जा बिकासमा सहयोग आदान प्रदान गर्ने बिषयमा छलफल गरेका छन् ।

अमेरिकी सरकारको ऊर्जा विज्ञको रूपमा गत नोभेम्बर महिनामा नेपालको भ्रमण र उच्च अधिकारीहरूसंग छलफल समेत गरेर आएका कफम्यान नेपाली ऊर्जा क्षेत्रका सम्भावना र समस्याबारे निकै जानकार पनि मानिन्छन् ।

अमेरिकी निजी क्षेत्रलाई नेपालको ऊर्जा क्षेत्रको गुणस्तरीय बिकासका लागि लगानी गर्न प्रेरित गर्ने र यहाँको प्रविधि नेपालमा लैजाने बिषयमा संयुक्त प्रयास गर्ने सन्दर्भमा पनि भेटघाट उपलब्धिमूलक रहेको जानकारी महाबाणिज्य दूत मरासिनीले अनलाइन खवरलाई दिए ।

न्यूयोर्क गभर्नर एन्ड्रू कुमोको प्रशासनको प्रभावशाली मानिने ऊर्जा विभागको प्रमुखमा सेवारत कफम्यान अमेरिकाकै एक प्रख्यात ऊर्जा विदको रुपमा चिनिन्छन् ।

भेटघाटको क्रममा महावाणिज्यदूत मरासिनीले नेपालको ऊर्जा र विशेषतः जलविध्युत र वैकल्पिक ऊर्जा को क्षेत्रमा लगानीको लागि वातावरण बनाइदिन सहयोग गरिदिन अनुरोध गरेका थिए ।

उनीहरूवीचमा यस विषयमा फेरि पनि बैठक गरी आवश्यक काम गर्ने सहमति भएको छ ।

गुणराज लुइटेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment