Comments Add Comment

क्रान्तिकारीको जिल्ला सम्मेलन फागुनमा, जिसी अध्यक्षबाट बिदा भए

२७ पुस, सुर्खेत । अखिल क्रान्तिकारी सुर्खेतको २२ औं जिल्ला सम्मेलन आगामी फागुन २० गते हुने भएको छ ।

केन्द्रीय सदस्यमा निर्वाचित महेश जिसीजिल्ला अध्यक्षबाट बिदा भएपछि २२ औं जिल्ला सम्मेलनको मिति तोकिएको हो ।

सम्मेलनका लागि जगत ढकालको संयोजकत्वमा ७५ सदस्यीय सम्मेलन आयोजक समिति सर्वसम्मत चयन गरिएको छ । जसको सह-संयोजमा जगत बिष्ट र सन्त बहादुर टमटा चयन भएका छन् ।

आगामी कार्यक्रम अन्तर्गत माघ २० गतेसम्म सम्पूर्ण माबी, गाउँपालिका, नगरपालिका, विश्वविद्यालय र क्याम्पस इकाइ कमिटी गठन गर्ने र जिल्ला सम्मेलन फाल्गुन २० गते सम्पनन गर्ने निर्णय क्रान्तिकारीले गरेको छ ।

यसैबीच प्रदेशसभा सदस्यमा निर्वाचित संगठनका पूर्व केन्द्रीय महासचिव र फ्याक्सन इन्चार्ज ठम्मर विष्टलाई क्रान्तिकारीले बधाई ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment