Comments Add Comment

टाटा नेक्सन पहिले बुकिङ गर्ने सय ग्राहकलाई सुविधै-सुविधा


२७ पुस, काठमाडौं । टाटा मोटर्सले आफ्नो पहिलो कम्प्याक्ट एसयूभी ‘नेक्सन’का लागि नेपालमा अग्रिम बुकिङ सुरु गरेको छ । नेपालमा गाडी नल्याउँदै टाटाले ग्राहकका लागि अगि्रम बुकिङ खुला गरेको हो । नेक्सनलाई २५ हजार रुपैयाँमै प्रि-बुकिङ गर्न सकिनेछ ।

अगि्रम बुकिङ गर्ने पहिलो सय जना ग्राहकका लागि कम्पनीले विषेष अफर पनि घोषणा गरेको छ । ‘हामीलाई यो गाडी कहिले आउँछ भनेर उत्साहजनक इन्क्वायरी आइरह्यो । त्यसैले हामीले बुकिङ गरेको गाडी कसैलाई मन परेन भने अर्को पाँच हजार थपेर फिर्ता गर्छौं,’ टाटा मोटर्सको लागि नेपालको लागि अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख सञ्चालन अधिकृत (सिओओ) राजेशप्रसाद गिरीले भने,’हामीले नेक्सनका पहिलो सय जना ग्राहककका लागि अन्य विभिन्न सुविधा पनि दिएका छौं ।’

उनी नेक्सन नेपालमा बहुप्रतिक्षित बनेको निश्कर्ष निकालेपछि यो गाडीको बुकिङ थालिएकालेे नेपालमा उत्कृष्ट बजार लिने विश्वासमा आफूहरु रहेको उनले बताए ।

कम्पनीले पहिलो १ सय ग्राहकका लागि ३ वर्षसम्मका लागि न्युनतम् ७५ प्रतिशत एक्सचेन्ज भ्यालु ग्यारेन्टी गरेको छ । त्यसैगरी एक वर्षका लागि गाडीलाई निःशुल्क फ्युलको सविधिा पनि सिप्रदीले नै दिने भएका छ ।

एक वर्षका लागि सबै खालका निःशुल्क कन्ज्युमेबल प्रोडक्टसहित सर्भिसिङ पनि ग्यारेन्टी गरिएको छ । सय जनापछि बुकिङ गर्नेले भने यि सबै सुविधा पाउने छैनन् ।

‘एकवर्षसम्म गाडी लैजानुस्, कुदाउनस् फ्युल हामी दिन्छौं । सर्भिसिङ मात्रै हैन, एक वर्षसम्म लुबि्रकेन्ट्स र एयरफिल्टर लगायत पनि फ्रि गर्छौं,’ सिओओ गिरी भन्छन्,’ ३ वर्षसम्म गाडी एक्सचेन्ज गर्दा कम्तिमा ७५ प्रतिशत एक्सचेञ्ज भ्यालु हामी ग्यारेन्टी गर्छौं ।’
नेक्सनले टाटालाई एउटा नयाँ उचाईमा लैजाने गिरीको विश्वास छ । टाटाले हरेक उत्पादनलाई विशेष बनाउने गरेको भन्दै नेक्सनले पनि नेपाली ग्राहकलाई सुन्तुष्ट गर्ने उनको दावी छ ।


कम्पनीकाअनुसार नेक्सनको डिजाइन निकै अब्बल किसिमको छ । यो एउटा कम्प्िलट कम्प्याक्ट एसयूभी भएको दावी सिप्रदीको छ । यसमा स्टाइलिस प्रोजेक्टर हेडल्याम्प छ । डुअल टोन रुफ कलर पनि छ ।

फेलाइन-आई शेप्ड डे-टाइम रनिङ लाइट पनि लगाइएको छ । यसमा हनी कम्ब गि्रल र फग ल्याम्प पनि छ । यसको फ्रन्ट लुक निकै युनिक देखिन्छ ।

त्यसैले नेक्सनलाई क्लास लिडिङ गाडीका रुपमा कम्पनीले प्रवर्द्धन गरिरहेको छ । यसका अलावा डुअल टोन रुफ, १६ इन्च मेसिन कट एलोय ह्वील र फ्लेयर्ड ह्वील आर्चेजले यसलाई स्पोर्टी लुक्स पनि दिएको छ । कारको पछाडिको क्रिस्टल क्लियर एलईडी टेल लाइट, बम्परमा ब्ल्याक प्लाष्टिक क्लेडिङ लगाइएको छ ।

टाटा नेक्सनको इन्टेरियरलाई सजाउन पनि निकै कम्पनीले निकै मिहिनेत गरेको छ । यसको इन्टेरियर पि्रमियम र अलग खालको छ । यसमा थ्री टोन क्याबिन छ । यो एसयूभीमा ६.५को फ्लोटिङ ड्यासबोर्ड टचक्रिन लगाइएको छ ।यो सेगमेन्टमै आएको पहिलो सुविधा हो ।

यो टच स्त्रिmन इन्फोटेन्मेन्ट सिस्टम हार्मोन कम्पनीको हो । योसँगै ८ वटा स्पीकर जोडिएको छ । यो सिस्टममा स्मार्टफोन कनेक्टिभिटी, एप्पल कार प्ले, एन्ड्रोइड अटो र नेभिगेशनका सुविधा पनि छ । यसमा टिगोरमा जस्तै इन्स्ट्रुमेन्ट कन्सोल पनि छ । यसमा छाता राख्ने विशेष स्पेश पनि छ ।

कम्र्फटका मामिलामा गाडी निकै अब्बल गरेको सिओओ गिरी बताउँछन् । यसको फ्न्ट र रेयर सिटमा पर्याप्त स्पेस छ । कारको सिटमा राम्रो खालको लेदरको प्रयोग गरिएको छ ।

त्यसैले यो निकै आरामदायक छ । कारमा ठूलो ग्लो बक्स पनि दिइएको छ । कप होल्डर पनि छन् । नेक्सनमा ३५० लिटरको बुट स्पेश छ । रेयर सिट फोल्ड गरियो भने ६९० लिटर हुन्छ ।


सुरक्षाका मामिलमा पनि कार उत्कृष्ट भएको दावी कम्पनीको छ । यसमा डुअल एयरब्याग छ । आईएसओफिक्स, एबीएस र कर्नर स्टेबिलिटी कन्ट्रोलको स्टान्डर्ड फिचर्स पनि छ ।

किलेस इन्ट्रीको सुविधा पनि नेक्सनमा छ । यसमा विभिन्न किसिमका युनिक फिचर्सहरु दिइएको सिओओ गिरी बताउँछन् ।

नेक्सन इम्प्रेसिभ लुक्सका साथमा दमदार इञ्जिनसहित बनेको छ । नेक्सनमा १.२ लिटरको ३ सिलिण्डयुक्त रेट्रोभर्सन इञ्जिन छ । डिजेल भर्सनमा भने १५ सय सीसीमा ४ सिलिन्डरको रेभोटर्क इन्जिन छ ।

पेट्रोल इन्जिनले ११० पीएसको पावरका साथमा १७० एमएमको टर्क उत्पादन गर्छ । डिजल इन्जिनले भने १०९ पीएसमा २६० एनएमको टर्क दिन्छ । दुबै भर्सनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन छ ।

सहज ड्राइभिङका लागि ४ वटा मोडको विकल्प छ । इको, सिटी र स्पोर्ट मोडमा गाडी चलाउन सकिन्छ । यसको सस्पेनसन सिस्टम पनि नेपाली बाटोको लागि उपयुक्त रहेको गिरी बताउँछन् ।

‘उत्कृष्ट ग्राउण्ड क्लेयरेन्स र क्षमताका कारण यो गाडी नेपाली बाटोका लागि उपयुक्त छ,’ गिरी भन्छन्,’हामीलाई नेक्सनले निकै आत्मविश्वास यसैकारण पनि दिएको छ ।’

यसमा २०९ एमएमको ग्राउण्ड क्लेयरेन्स छ । गाडीमा रेयर पार्किङ सेन्सरहित विशेष सुविधासहितको क्यामेरा पछि ।

यसमा अटो तथा मेनुअल क्लाइमेट कन्ट्रोल सुविधासहितको एयर कन्डिसनर, पावर आउटलेट लगायतका एसयूभीमा हुनुपर्ने सबै खालमा सुविधा छन् ।

‘विभिन्न विशेषताका कारण हामीलाई अग्रिम बुकिङमा नै उत्साहजनक प्रतिक्रिया आएको छ,’ सिओओ गिरी भन्छन् ।

कम्पनीले यो अवसरमा आफ्नो नाम र थरको बीचमा नेक्सन नाम उल्लेख गर्ने ५ जना भाग्यशाली विजेतालाई एक-एक तोला सुन पनि उपहार दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment