Comments Add Comment

के गर्दै छन् यूएईमा अवार्ड बिजेता नेपाली कलाकारहरू ?

११ जनवरी, युएई । गत डिसेम्बर १ तारिखमा यूएईमा सम्पन्न दोस्रो नेपाली म्युजिक भिडियो अवार्डमा यूएई सेक्सन अन्तरगत अवार्ड विजेता कलाकारहरू पछिल्लो समयमा आआफ्नो क्षेत्रमा सक्रियतापूर्बक सिर्जनात्मक काम गर्न तल्लिन छन् ।

उत्कृष्ट गायकको उपाधी चुमेका नन्दु राई त गायन क्षेत्रमा पूर्णकालीन काम गर्न काठमाडौंमा संघर्ष गर्न डेरा जमाएरै बसिरहेका छन् ।

राईले अबको सांगीतिक यात्रा नेपालबाट गर्ने सुरले यूएईको बसाइँलाई बिट मारिसकेका छन् । राई यस्ता भाग्यमानी गायक बनेका छन् जो मजदुरी गरेको देशमा आयोजित बृहत् सागितिक कार्यक्रममा अतिथि कलाकारका रुपमा एक महिना भित्रमा सोही कर्मभुमिमा आमन्त्रित हुने अवसर पाएका छन् ।

नयाँ वर्ष धमाका २०१८ को अवसरमा यूएई आएका राई र दोस्रो म्युजिक भिडियो अवार्डमा उत्कृष्ट गायिकाको उपाधी पाएकी रेखा घिमिरे संयुक्त रूपमा एउटा युगल गीत सार्वजनिक गर्ने क्रममा छन् ।

अवार्डकै पुरस्कर स्वरूप यूएईको स्टुडियो नाइनमा एक गीतको रेकर्डिङ पूरा भएको छ । को हौं, को हौं तिमी भन न ? बोलको गायक राईकै शब्द र संगीतमा तयार भएको उक्त गीतको भिडियो पनि यूएईमै बन्ने निस्चय भएको छ ।

स्थानीय प्रशासनको अनुमति लिएर यूएईमा बन्न लागेको यो भिडियोमा पनि अवार्ड बिजेता कलाकारहरु रहने बताइएको छ । साथै राईले चाडै २ गीत सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

त्यसरी नै आर्इ लव यू बोलको अपार सफलतापछि गायिका शिला राईका साथमा एक युगल गीत पनि गाउने तयारीमा रहेको बताएका छन् ।

त्यस्तै, दोश्रो म्युजिक भिडियो अवार्डमा यूएईमा रहेर आफ्नो उत्कृष्ट कला क्षमता प्रस्तुत गर्दै आएका मोडल आशिष पुरुष, सारिका सुनार र क्यामरामेन रोहित विक्रम कार्कीले युएईबाट क्रमस उत्कृष्ट मोडल र क्यामरामेनको अवार्ड हासिल गरेका थिए ।

उक्त दोस्रो म्युजिक भिडियो अवार्डबाट सम्मानित यी तिनै जना कलाकार अहिले अर्को नयाँ म्युजिक भिडियोको तयारीमा जुटेका छन् ।

भर्खरै मात्र यी तीन उत्कृष्ट सम्मानित कलाकारले गायक सन्तोष लामाको ‘के यो माया हो’ बोलको गीतको छायांकन पूरा गरेका छन् ।

रोहित बस्नेतको शब्द र सुबिर पन्तको सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियो सम्भव त अहिले सम्म कै उत्कृष्ट म्युजिक भिडियो बन्न सक्ने उक्त गीतका मोडल आशिष पुरुष बताएका छन् ।

‘जानी जानी घात गर्‍यो’ सम्बन्ध छुट्यो भन्छौ तिमी’ जस्ता वियोगका गीतहरुमा देखा पर्दै आएका आशिषले यो पल्ट भने केही फरक रोमान्टिक भावको गीतको भिडियोमा देखा पर्दैछन् ।

मोडल आशिषलाई उक्त गीतमा साथ दिएकी छिन दोस्रो म्युजिक भिडियो अवार्डमा युएई परिवेशबाट उत्कृष्ट फिमेल मोडल अवार्ड पाउन सफल सारिका सुनारले ।

यूएईका बिभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त ‘के यो माया हो’ बोलको गीतलाई निर्देशन तथा छायाँकन गरेका छन् रोहित विक्रम कार्कीले ।

तीन उत्कृष्ट कलाकारहरुको कडा मिहिनेतले तयार भएको उक्त गीतको म्युजिक भिडियो चाडै बजारमा आउने लागेको मोडल आशिष पुरुषले जानकारी दिए ।

दोस्रो म्युजिक भिडियो अवार्ड २०१७ मा युएईमा कार्यरत सात जनाले पुरस्कृत हुने सौभाग्य पाएका थिए । उत्कृष्ट गीतकारको अवार्ड पाएका लक्ष्मण शिरीष नयाँ नयाँ गीत लेखनकार्य र केही गीतहरु रेकर्डिङ हुने क्रममा रहेको बताउँछन् ।

लक्ष्मणको शब्द, राम थापाको सगित र बिजय अधिकारीको स्वरमा खुशी मात्रै लेख्थे होला बोलको गीत रेकर्डिङ भएको उनले बताएका छन् ।

सोही कार्यक्रममा उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका बिजय सुब्बा वैदेशिक रोजगारी सम्बन्धि शिक्षामुलक लघु चलचित्रको निर्देशनका साथमा २/३ वटा म्युजिक भिडियोमा ब्यस्त रहेको जानकारी दिन्छन् ।

उक्त कार्यक्रममा उत्कृष्ट छायाकारको अवार्ड चुम्न सफल रोहितबिक्रम कार्कीको पनि ब्यस्तता बढेका छ । उनै कार्की यूएईमा निकै कुशल छायाकारका रूपमा परिचित छन् ।

मायाको न्यानोपन बोलको प्रस्ना पान्डेले गाएको एक गीतको म्युजिक भिडियोको निर्देशन तथा छायांकन समेत गरेको कार्कीले बताएका छन् । उक्त भिडियोमा मोडेल मोहन बोगटी र गायिका पान्डेले अभिनय गरेका छन् । युट्युबमा करिब २ लाखले उक्त भिडियो हेरिसकेका छन् ।

मेरो मुटु दुखाउने तिम्रो चाह होला बोलको गायक प्रबेग दोङ्गको गीतमा कार्किले रिया श्रेष्ठ र ओम उप्रेतीको अभिनय रहेको म्युजिक भिडियो पनि छायांकन गरिसकेक्को जानकारी दिएका छन् ।

कार्कीले पछिल्लो पटक छायांकन गरेका यी म्युजिक भिडियोहरु युएई को नेपाली म्युजिक क्षेत्रमा सबैभन्दा उच्च गुणस्तरको रहेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment