Comments Add Comment

राजकुमार र श्रद्धाको ‘स्त्री’


नायिका श्रद्धा कपुरलाई बक्स अफिसमा हिट चलचित्र चाहिएको छ । कारण, लगातार चलचित्र असफल हुँदा श्रद्धालाई घाटा लागेको छ । उनी, ‘बाहुवली २’का चर्चित नायक प्रभाषसँग नयाँ चलचित्र ‘साहो’मा काम गरिरहेकी छिन् ।

उनै, श्रद्धा अब एक नयाँ चलचित्रमा पनि देखिने भएकी छिन् । उनी र नायक राजकुमार राहोले काम गर्न लागेको नयाँ चलचित्रको नाम ‘स्त्री’ राखिएको छ । राजकुमारले आफूहरुले नयाँ चलचित्रका लागि नाम पाएको भन्दै ट्विटरमा तस्बिर पोष्ट गरेका छन् ।

यो एक हरर कमेडी चलचित्र हो । यो चलचित्रलाई अमर कौशिकले निर्देशन गर्दैछन् । चलचित्रको लेखन राज एन्ड डीकेले लेखेका हुन् । दिनेश भिजन र राज एन्ड डीकेले नै यो चलचित्रको निर्माण गर्दैछन् ।

यो चलचित्रको बारेमा अन्य कुरा केहि पनि बताइएको छैन । तर, राजकुमार र श्रद्धाले एकसाथ काम गर्न लागेको यो पहिलो चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment