Comments Add Comment

क्यालिफोर्नीयामा पृथ्वी जयन्ती

११ जनवरी, न्यूयोर्क । अमेरिकाको क्यालिफोर्नीयामा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइएको छ ।

लामो समयदेखि उक्त बर्क्ली क्षेत्रमा बसोबास गर्ने समाजसेवी बुद्धिजिवी तथा समाजका अगुवाहरुले २ सय ९६ औं पृथ्वी दिवस मनाएका हुन् ।

एकता दिवसको दिन बिहीबार बुद्धिजिवीहरुले पृथ्वीनारायण शाहको एकीकरण तथा एकताको बारेमा बोलेका थिए ।

साथै सबैजसो वक्ताहरुले आफू बसेको ठाउँमा एकता देखाउँदै सामुदायिक भबनको चाडै निर्माण गर्नु पर्ने कुरामा सबैले जोड दिएका थिए ।

उक्त कार्यक्रममा आफ्ना भनाइ राख्दै पूर्व पर्यटन दूत अनिल पाण्डेले उक्त सामुदायिक भबन बनाउनको लागि सञ्चालित एक सय डलरको चिट्ठाको पहिलो टिकट बिसे नगर्चीलाई सम्झिएर किनेर सुरु गरेका थिए ।

नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै अमेरिकामा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेता पनि यो वर्ष सार्वजनिक बिदा दिइएको छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment