Comments Add Comment

मेस्सीको दुई गोलसँगै बार्सिलोना क्वार्टरफाइनलमा


२८ पुस, काठमाडौं । लिओनल मेस्सीले सुरुवाति १५ मिनेटभित्र दुई गोल गर्दा बार्सिलोनाले सेल्टाभिगोमाथि शानदार जित हात पारेको छ र कोपा डेल रेको क्वार्टरफाइनलमा पुगेको छ ।

बिहीबार राति भएको खेलमा बार्सिलोनाले सेल्टाभिगोमाथि ५–० को जित निकालेको हो ।

पहिलो लेगमा बार्सिलोना १–१ को बराबरीमा रोकिएको थियो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १३ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि नै उनले दोस्रो गोल गरे ।

२८ औं मिनेटमा जोर्डी अल्बाले गोल गरे भने ३१ औं मिनेटमा लुइस स्वरेजले गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा ४–० को अग्रता लियो ।

खेलको ८७ औं मिनेटमा राकिटिचले गोल गरेपछि बार्सिलोनाले ५–० को जित निकालेको छ ।

बार्सिलोना क्वार्टरफाइनलमा पुगेसँगै अन्तिम ८ को समिकरण पुरा भएको छ । रियल मड्रिड, एथ्लेटिको मड्रिडसँगै भ्यालेन्सिया, लेगनस, अलाभेस, स्पानियोल र सेभिया अन्तिम आठमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment