Comments Add Comment

प्रदेश प्रमुख र अस्थायी मुकाम आज पनि तोकिएन

२८ पुस, काठमाडौं । सरकारले प्रदेश प्रमुख र अस्थायी मुकामबारे आज पनि निर्णय गरेको छैन । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइएको थियो ।

तर सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले आजको बैठकबाट त्यसको निर्णय नभएको बताए । सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने छ ।

संविधानमा प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ । तर  प्रदेश प्रमुख नतोकिँदा अझैसम्म परिणाम बुझाउन नपाएको निर्वाचन आयोगका पदाधिकारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment