Comments Add Comment

ज्यान मार्ने धम्कीपछि सलमानले रोके ‘रेश ३’को सुटिङ


निर्देशक रेमो डिसुजाको निर्देशनमा बनिरहेको चलचित्र ‘रेश-३’ को सुटिङ रोकेर सलमान खान सुरक्षित रुपमा घर फर्केका छन् । सलमानलाई कसैले ज्यान मार्ने धम्कि दिएको भन्दै प्रहरीले सुटिङ रोक्न आग्रह गरेको थियो ।

फिल्म सिटीमा सुटिङ हुँदै गर्दा प्रहरीले धम्की आएको भन्दै सुटिङ रोक्न आग्रह गरेको थियो । सुटिङ रोकिएपछि कडा सुरक्षा दिएर सलमानलाई घर पुर्‍याएको थियो ।
त्यसो त सलमानलाई प्रहरीले सर्वसाधारणको विचमा सहभागी नहुन पनि आग्रह गरेको छ । साइकल चलाएर रोडमा ननिस्कन आग्रह पनि गरेको छ । प्रहरीले जनाए अनुसार ग्याङ्गस्टार लोरेन्स विश्वोइले सलमान खानलाई ज्यान मार्ने धम्की दिएका छन् ।

‘रेश’-३’ को सुटिङ भर्खरै सुरु भएको छ । चलचित्रको पहिलो गीत सुटिङ भएको जानकारी निर्माता रमेश तौरानीले ट्विट गरेर दिएका छन् । गीतमा सलमानसँगै ज्याकलिन फर्नाडिसले अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment