Comments Add Comment

बेनिशाको ‘उड्यो मन’


नायिका वेनिशा हमालका लागि फागूण १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ब्लाइन्ड रक्स’ विशेष छ । कारण, यो चलचित्रका लागि उनले खुबै मिहिनेत पनि गरेकी छिन् । निरन्तर बक्स अफिसमा कमजोर देखिदै आएकी वेनिशाका लागि यो चलचित्र चल्न पनि आवश्यक छ ।

मिलन चाम्सले निर्देशन गरेको यो बायोपिक चलचित्र दृष्टिबिहिन श्रृष्टी केसीको जीवनीमा आधारित छ । बेनिशाले श्रृष्टीको भूमिका निर्वाहा गरेकी छिन् । चलचित्रमा समावेश ‘उड्यो मन’ बोलको गीत सार्वजनिक गरिएको छ । हरि लम्सालले संगीत भरेको यो गीतमा बानिका प्रधानको स्वर, नरेश भट्टराइको शब्द छ ।

निर्देशक चाम्सले गीतमा कत्थक र क्लासिकल स्वादलाई मिसाइएको बताए । यो चलचित्रमा वेनिशाको साथमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको मुख्य भूमिका छ । यो चलचित्रको विशेष शो लण्डनमा आयोजना भैसकेको छ । एन फिल्मस् क्रियशन र चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र निर्माण हुँदैछ । निकेश लिम्बु चलचित्रका निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment