Comments Add Comment

लाइभ स्टक सेन्टर इनोभेसनका लागि विश्व बैंकबाट ८ अर्ब बढी ऋण स्वीकार

२८ पुस, काठमाडौं । करिब २५ जिल्लामा दुध तथा मासुको उत्पादन बढाउनका लागि सञ्चालन गर्न लागिएको लाइभ स्टक सेन्टर इनोभेसन् आयोजनाका लािग बिश्व बैंकबाट लिन लागिएको ८ अर्ब बढिको ऋण सहयोग शुक्रबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकार गने निर्णय गरेको छ ।

आगामी जनवरीमा यसका लागि बिश्व बैंकसँग सम्झौता हुन लागेको छ । साथै यो आयोजना नयाँ आर्थिक वर्ष २०७५/०७६ को साउनबाट कार्यान्वयनमा आउनेछ ।

पशुपंक्षी मन्त्रालयका सहसचिव तथा प्रवक्ता श्याम प्रसाद पौडेलका अनुसार बिश्व बैंकसँग नेपाल सरकारले २० वर्षका लागि ०.५ प्रतिशतको ब्याजदरमा यो ऋण सहयोग लिन लागेको हो । २० वर्ष पछि भने यसको ब्याजदर १.५ प्रतिशत कायम हुनेछ ।

पहाडी जिल्लामा पश्चीना प्रबर्धन गर्ने पनि यो आयोजनाको उद्देश्य रहेको पौडेल बताउँछन् । उच्च हिमाली जिल्ला मुस्ताङ, मनाङ, डोल्पा र हुम्लामा यो आयोजनाले पस्मीना प्रबर्धनका लागि पनि काम गर्नेछ ।

साथै हुलाकी लोकमार्ग, उत्तर दक्षिण लोकमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गले छुने विभिन्न जिल्लाामा डेरी स्थापना गर्ने पनि यो आयोजनाको उद्देश्य छ । त्यस्तै विभिन्न स्थानमा मासु तथा दुधका प्रयोगशाला स्थापना गर्ने र यसअघि सञ्चालनमा रहेको प्रयोगशालाको स्तरोन्नती गर्नेछ । पौडेलका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै यसका लागि आवश्यक कार्यालयहरुको स्थापना गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment