Comments Add Comment

रिलिज भयो ‘मिस्टर झोले’, कमेडी संवादले होल्ड गर्न सक्छ दर्शक


बक्स अफिसमा धमकेदार व्यापार गर्ने अपेक्षा गरिएको चलचित्र ‘मिस्टर झोले’ आजबाट रिलिज भएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, दिया पुन, बर्षा राउत, वुद्दि तामाङ, विजय बराल, कमलमणि नेपाल, प्रविण खतिवडा लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको आज काठमाण्डौको कुमारी हलमा प्रेश शो समेत आयोजना गरिएको छ ।

टेकेन खड्काको निर्माणमा तयार भएको चलचित्रका कार्यकारी निर्माता रौनक विक्रम कँडेल हुन् । १ घन्टा ५४ मिनेट लामो चलचित्रले एउटा गाउँ र त्यो गाउँमा दैनिकी गुजारिरहेका यूवाहरुको कथा भनेको छ । दुई यूवतीका लागि केहि यूवाहरुको लडाई चलचित्रको मुख्य कथा हो ।

चलचित्रको कमेडी संवादले दर्शकलाई होल्ड गर्न सक्छ । निर्देशक रामबाबु गुरुङको ‘कबड्डी र कबड्डी कबड्डी’ चलचित्र हेरेका दर्शकका लागि यो चलचित्र सो स्वादकै लाग्न सक्छ ।

पूर्ण रुपमा मनोरञ्जन लिनका लागि चलचित्र उत्तम भएको प्रतिक्रिया प्रेश शोमा चलचित्र हेरेका चलचित्रकर्मी र पत्रकारले दिएका छन् । मल्टिप्लेक्समा राम्रो शो पाएको यो चलचित्रले सुखद व्यापार गर्ने धेरैको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment