Comments Add Comment

‘क्रिस्टिल अवार्ड’बाट सम्मानित हुँदै साहरुख


बलिउड नायक साहरुख खान एक मात्र यस्ता भारतीय नागरिक हुन्, जसले सर्वाधिक धेरै च्यारेटी गरेको भन्दै यूनेस्को अवार्ड प्राप्त गरिसकेका छन् । अब, उनै साहरुखलाई अर्को एक विश्व चर्चित संस्थाले सम्मानित गर्ने भएको छ ।

‘वल्र्ड इकोनिमिक फोरम’को स्विजरल्याण्डको दावोसमा हुन लागेको ४८ औं बैठकमा ‘क्रिस्टिल अवार्ड’बाट सम्मानित गर्न लागिएको हो । साहरुखलाई यो सम्मान ‘दुनियाँमा साझा भविष्य’ बनाउन काम गरेको भन्दै प्रदान गर्न लागिएको हो ।

‘दुनियाँमा साझा भविष्य’ बनाउनका लागि सर्वाधिक धेरै च्यारेटी गरेको भन्दै यो सम्मान साहरुखलाई प्रदान गर्न लागिएको हो । नायक खानले लामो समयदेखि बच्चा र महिलाहरुका लागि काम गर्दै आएका छन् ।

साहरुखका साथै हलिउडका चर्चित नायिका कैट ब्लेचेट र गायक एल्टन जनलाई यो सम्मानबाट सम्मानित गर्न लागिएकोहो । वल्र्ड इकोनिमिक फोरमका अध्यक्ष हिल्डे श्रावले मिडियासँग कुरा गर्दैै भनेका छन्-‘यो सामाजिक कार्यमा सहभागी प्रमुख व्यक्तिहरुलाई बाषिर्क रुपमा दिइने पुरस्कार हो ।’

साहरुख भारतमा महिला र बच्चाहरुको जीवन रक्षाका लागि आफ्नो एनजीओ मीर फाउन्डेशनबाट काम गर्दै आएका छन् । साहरुखको मीर फाउन्डेशनले चिकित्सा उपचार, कानुनी सहायता, व्यवसायिक प्रशिक्षण, पूनर्वासको माध्यमबाट एसिड हमलामा परेका महिलाहरुको लागि काम गर्दै आएको छ ।

साहरुखले क्यान्सर पीडित बच्चाहरुका लागि लामो समयदेखि विभिन्न अस्पतालमा स्पेशल चिल्ड्रेन वार्ड बनाएका छन् । मुम्बइको नानावती अस्पतालमा उनले बच्चाका लागि स्पेशल वार्ड समेत बनाएका छन् ।

जहाँ, साहरुखले क्यान्सर पीडित बच्चाको उपचारका लागि सम्पूर्ण खर्च समेत उठाउँदै आएका छन् । जनवरी २२ मा स्विजरल्याण्डमा आयोजना हुने कार्यक्रममा साहरुखलाई यो सम्मानबाट सम्मानित गर्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment