Comments Add Comment

अरनीको राजमार्गमा ट्रकले ठक्कर दिँदा एकको मृत्यु

२८ पुस, धुलिखेल । अरनीको राजमार्ग अन्तर्गत धुलिखेलस्थित बाँसघारीमा मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

दश चक्के मालबाहक ट्रकले ठक्कर दिँदा स्कुटर चालक धुलिखेल नगरपालिका-९ ठकुरी छापका ४९ वर्षीय राजकुमार ठकुरीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख शेखरजंग मल्ल जानकारी दिए ।

धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको  ना६ख १९४३ नम्बरको मालवाहक ट्रकले सोही दिशाबाट आउँदै गरेको बा५९प ८९५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

मालवाहक ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment