Comments Add Comment

‘नालापानी’का लागि कलाकारको धमाधम अडिसन


नालापानीको युद्धको कथामा निर्माण हुन लागेको चलचित्र ‘नालापानी’को लागि हाल धमाधम कलाकारको अडिसन भैरहेको छ । प्रोफेसर रामराजा कुँवर र डाक्टर धन बहादुर कँुवरले लेखेको पुस्तक ‘वीर वलभद्र कुँवर’मा आधारित रहेर यो चलचित्र निर्माण हुन लागेको हो ।

हालैमात्र यसको निर्माणपक्षले रंगमञ्चका कलाकारहरुको अडिसन लिएको छ । काठमाण्डौको कान्तिपुर फिल्म एकेडेमीमा हाल धमाधम चलचित्रका लागि कलाकारको अडिसन भैरहेको छ । निर्देशक रिमेश अधिकारीका अनुसार अधिकांश कलाकार रंगमञ्चबाट छनोट गरिएको छ । यसअगाडि नेपाल आर्मीका जवानहरुको समेत अडिसन सम्पन्न भैसकेको छ ।

रिमेशले इतिहासमै गर्व गर्न लायक चलचित्र बनाउने दाबी गरेका छन् । चलचित्रको वर्कशप चाडै नै सुरु गरिनेछ । मनोज शाक्य निर्माता रहेको चलचित्रको लागत ९ करोड बताइएको छ । चलचित्रमा अर्जुन जंग शाही, नवल खड्का, मनोज शाक्य, पूजना प्रधान, इशान विजु श्रेष्ठ लगायतका कलाकार फाइनल भैसकेका छन् । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment