Comments Add Comment

पोखराका ट्याक्सी मिटरमै चलाउन सहमति

फाइल फाेटाे

२८ पुस, पोखरा । पोखरा महानगरमा सञ्चालित ट्याक्सीहरु मिटरमै यात्रीलाई सेवा दिन सहमत भएका छन् ।

जिल्ला प्रशासन कास्कीमा शुक्रबार भएको छलफलमा ट्याक्सी व्यवसायीहरु मिटर प्रणालीमा जान सहमत भएका हुन् ।

हालसम्म यहाँ सञ्चालित ट्याक्सीहरुले मनलाग्दी भाडा लिने गरेका थिए । अब भने १४ रुपैयाँबाट शुरु हुने भाडादर प्रतिकिलोमिटर ५० रुपैयाँ मात्र पर्नेछ । काठमाडौंका व्यवसायीले सोही भाडादरमा ट्याक्सी चलाइरहेका छन् ।

यसअघि मिटरमा नचलाएर मनपरि भाडा असुलेको बताउँदै प्रहरीले १६ जना ट्याक्सी चालकलाई नियन्त्रणमा लिएपछि व्यवसायी आन्दोलनमा उत्रिएका थिए । त्यसयता पटक–पटक भएका छलफलबाट मिटर प्रणालीमा जान व्यवसायी सहमत भएका हुन् ।

प्रशासनले विस्तारै भाडा समायोजन गर्दै जाने आश्वासन व्यवसायीलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment