Comments Add Comment

सेनाका भारत्तोलक दिनेशले तोडे दुई दशकअघिको कीर्तिमान

२८ पुस, पोखरा । त्रिभुवन आर्मी क्लवका खेलाडी दिनेश श्रेष्ठले भारत्तोलनको १९ वर्षअघिको कीर्तिमान आफ्नो नाममा सारेका छन् ।

राखेप च्याम्पियनसिप अन्तर्गत २३औं पुरुष र आठौं महिला राष्ट्रिय भारत्तोलन प्रतियोगिता अन्तर्गत १०५ केसी तौलसमूहमा स्न्याचतर्फ दिनेशले नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले क्लिन एण्ड जर्क र कुलमा पनि स्वर्ण जिते । क्लिन एण्ड जर्कमा १४० केजी भारत बहन गरेका उनले कुलमा २६१ केसी भार उचाले ।

यसअघि यो कीर्तिमान मदन शिवभक्तिको नाममा थियो । २०५५ सालमा भएको साठौं सागमा उनले १२१ केजी भार बहन गर्दै यस कीर्तिमान बनाएका थिए ।

यस स्पर्धामा नेपाल पुलिसका सन्देश गुरुङ १०० केजीका साथ रजत र बाराका मोहम्मद आशिक हुसेन ८८ केसीका साथ काश्य पदक जिते । गुरुङले क्लिनमा १३२ र कुलमा २३२ केजी र आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजी भारत उचाले ।

पोखरा उद्योग बाणिज्य संघको हलमा भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लवकै पुकार गुरुङ्गले १०५ केजी माथीको तौल समूहमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण प्राप्त गरे । उनले स्न्याचमा सातौं राष्ट्रिय खेलकुदमा उचालेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार बहन गरे ।
दोश्रो स्थानमा नेपाल प्रहरीका राजीव महर्जन रहे । उनले ९५ केजी भार बहन गरे । कञ्चनपुरका सुभाष उपाध्यायले ८७ केजी भारका साथ स्न्याचमा कास्य पाए ।

त्यस्तै क्लिनतर्फ पुकारले १४० केजी र कुलमा २१५ केजी उचाले । क्लिनमा कञ्चनपुरका सुवाष उपाध्यायले १२० केजीका तथा प्रहरीका राजीव महर्जनले क्लिनमा ११८ केजीका साथ कास्य पाए । कुल तर्फ प्रहरीका राजीवले २१३ केजी र उपाध्यायले २०७ केजी भार बहन गरे ।

प्रतियोगिताको तेश्रो दिन सेनाका सुरेन्द्र श्रेष्ठले ८५ केजी तौलमा स्वर्ण हात पारे । उलने स्न्याचमा १०५, क्लिन एण्ड जर्कमा १२७ केजी गरी कुलमा २३२ केजी भार बहन गरे । नेपाल प्रहरीका गगन चन्दले स्न्याचमा ९३, क्लिनमा ११७ केजी गरी कुल २१० केजी भार बहन गरे । चन्दले रजत पदक पाए ।

तेश्रो स्थानमा रहेका कञ्चनपुरका विशाल सिंह बिष्टले स्नाचमा ८५, क्लिनमा ११५ गरी कुल २०० केजी भारका साथ कास्य पाए ।

यस्तै पुरुषकै ९४ केजी तौलमा नेपाली सेनाका टहल बहादुर बसेलले क्लिन एण्ड जर्क र कुलमा स्वर्ण पाए । उनले क्लिनमा १२७ र कुलमा २१७ केजी भार बहन गरे । टहलले स्न्याचमा भने रजत पाए । उनले स्न्याचमा ९० केजी मात्र भार बहन गर्दै नेपाल प्रहरीका श्रीकृष्ण महर्जनलाई स्वर्ण सुम्पे ।

महर्जनले स्नाचमा १०० केजी भार बहन गरे । महर्जनले क्लिनमा ११० केजी र कुलमा २१० केजीका साथ रजत पाए । भक्तपुरका जयदी कोजुले कास्य जिते । कोजुले स्नाचमा ८१ केजी, क्लिनमा ११० गरी कुल १९१ केजी भार बहन गरे ।

तीन दिने प्रतियोगितामा तीन विभागीय टोली सेना, प्रहरी र एपिएफ तथा १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment