मंगलबार, २ माघ, २०७४
OnlineKhabar.com

तपाईंका श्रीमान के गर्नुहुन्छ !

दुर्गा सुवेदी

दुईवर्ष पहिले महिला राष्ट्रपतिले सपथ खाएको केही दिनपछि नै संसदले पहिलो महिला सभामुख निर्वाचित गर्‍यो । राष्ट्रपति र सभामुखको नेतृत्व सम्हालेको वर्ष दिन नबित्दै न्यायमूर्तिका रुपमा प्रधानन्यायधीशको जिम्मेबारी फेरि महिलाकै काँधमा आइपुग्यो ।

विगत २० वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन भयो । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भए । राजनैतिक अर्कमण्यतामा फसेको मुलुकले निकास पायो । यसमा यिनै त्रिमूर्ति महिलाहरुको लगन, सुझबुझ र क्षमताको पनि उत्तिकै देन छ ।

तर, राष्ट्रपतिका रुपमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको नाम आउँदै गर्दा वहाँको राजनैतिक योगदान भन्दा बढी मदन भण्डारीको योगदानको चर्चा भयो ।

पहिलो महिला सभामुखका रुपमा ओनसरी घर्तीको नाम आउँदै गर्दा वहाँको भन्दा बढी चर्चा नेता वर्षमान पुनको भयो । पहिलो प्रधानन्यायधीशका रुपमा शुशिला कार्कीको नाम आउँदै गर्दा कांग्रेसका पूर्वनेता दुर्गा सुवेदीको चर्चा चल्यो ।

विद्यादेवी भण्डारी आफैंलाई राजनैतिक कार्यकर्ता र नेतृ कम, मदन भण्डारीकी पत्नी बढी देखियो । ओनसरी घर्तीलाई राजनैतिक कार्यकर्ता, लडाकु र नेतृ कम अनि वर्षमान पुनकी पत्नी बढी देखियो ।

त्यसैगरी सुशीला कार्कीले न्याय सम्पादनमा गरेको योगदान र अनुभव कम, दुर्गा सुवेदीकी पत्नी बढी देख्ने यो समाजले आम महिलाहरुलाई कसरी उनीहरुको योग्यता, गुण र क्षमता तथा योगदानहरुलाई मापनरमूल्यांकन गर्न सक्छ ? यो प्रश्न निकै गम्भीर छ ।

यो समाज हरेक महिलाको पछाडि एक आकृति देख्छ, अर्को प्रतिछाँया देख्छ, एक अर्को प्रतिविम्व देख्छ । अनि त्यही समाजका हामी एक एक सदस्य, यही समाजको संस्कारबाट सुसंस्कृत छौं हामी । हाम्रै प्रवृत्ति, व्यवहार र मूल्यमान्यताबाट प्रशिक्षित छ समाज । समाज भनेकै तपाईंहामी त हौं । तपाईं हाम्रै सोच, संस्कार र व्यवहारले निर्धारित हुन्छन् समाजका मूल्यमान्यता ।

सानो छदाँ, स्कुल कलेज जाँदासम्म बालबालिका दुबैलाई एउटा प्रश्न सोधिन्छ- बाबा के गर्नुहुन्छ ? त्यही प्रश्नको आधारमा उनीहरुको पारिवारिक पृष्ठभूमि निर्धारण गरिन्छ । अनि विद्यार्थी वा बालबालिकाकाहरुको हैसियत आँकलन गरिन्छ र त्यसकै आधारमा व्यवहार गरिन्छ । त्यति मात्र हैन, यहाँ उनीहरुकी आमाको योगदान गौण हुन्छ । यद्यपि उनको योगदान बाबाको भन्दा पनि बढी किन नहोस् । तिनै बालबालिकाहरु किशोरावस्था पार गर्दै युवावस्थामा प्रवेश गर्दछन् । गृहस्थी जीवनमा प्रवेश गर्दछन् अनि त्यही प्रश्न उनीहरुको लिङ्ग अनुसार यसरी परिर्वतन हुन्छ ः

पुरुषका लागिः के गर्नुहुन्छ ? केमा काम गर्नुहुन्छ ? कुन अफिस ? अनि महिलाका लागि- सर केमा हुनुहुन्छ ? श्रीमान के गर्नुहुन्छ ? ज्वाइँ साहेब के गर्नुहुन्छ ?

यी फरक प्रकृतिका यावत प्रश्न सोध्नुको उद्देश्य एउटै हो-कसैको अवस्था, हैसियत, पारिवारिक पृष्ठभूमि, आर्थिक तथा सामाजिक अवस्था पत्ता लगाउनु ।

नेपालमा महिला जनसंख्या ५१.५० प्रतिशत छ । ५७.४ प्रतिशत महिला साक्षरता छ । १७ प्रतिशत महिलाहरु निजामती प्रशासनमा छन् । उद्योगी व्यवसायी र श्रम सहभागिता दर ५४ प्रतिशत छ । महिलाको मानव विकास सूचक ०.५२१ छ । स्थानीय तहमा महिला जनप्रतिनिधिको संख्या उल्लेख्य छ । तर, प्रदेश सभामा र प्रतिनिधि सभामा ३३/३३ प्रतिशत महिला सांसद भएको हाम्रो समाजमा अधिकांश महिलाको हैसियत सरको, श्रीमानको र ज्वाइँ साहेबको मान, मर्यादा, प्रतिष्ठा र आम्दानीबाट अनुमानित हुन्छ ।

बसको यात्रामा या विभिन्न सेवा लिन जाँदा ग्राहक लाइनको केही मिनेटको सहयात्रामा कुराकानीको प्रसंगमा होस् या केही घण्टाको सार्वजनिक औपचरिक, अनौपचरिक कार्यक्रमहरुमा होस् या केही दिनका गोष्ठी सेमिनार, प्रशिक्षणहरुमा होस् त्यही प्रश्न ।

साथीभाइ, छरछिमेक, बन्धुबान्धव, माईतीमावली जहाँसुकै त्यही । जागिरका लागि अन्तरवार्तामा जाँदा अन्र्तवार्ताको अन्त्यमा सोधिन्छ, श्रीमान के गर्नुहुन्छ ? यो प्रश्न न सान्दर्भिक हो, न त आवश्यकता नै । श्रीमानको पेशा, श्रीमतीको योग्यता, क्षमता र परफरमेन्समा केही फरक पार्दैन । तथापि यही प्रश्नको उत्तरले जागिरको निर्धारण हुन्छ । कार्यालयमा पनि कार्यालय प्रमुख र सहकर्मीहरुको यही अन्त्यहीन प्रश्न सुनिन्छ ।

भनिन्छ, मानव सभ्यताको शुरुवातीतिर मातृसत्ता थियो । ढुंगे युगमा ढुंगाका हतियारहरुबाट शिकार गर्ने समयतिर, शिकार गर्न महिला भन्दा पुरुषहरु शारीरिकरुपमा बलिया हुने हुनाले महिलाहरुलाई समूहको जिम्मा लगाएर शिकार गर्न जाने र ल्याएको शिकारलाई महिलाले बाँडेर खुवाउने खाने चलन चल्न थाल्यो ।

मानिसहरु जब घुमन्ते जीवन छोडेर खेतीपाती र पशुपालन गरी एकै ठाउँमा व्यवस्थितरुपमा बसोवास गर्न थाले, तब कामको विभाजन हुँदा महिलाले बालबच्चाको हेरचाह र पारिवारिक व्यवस्थापन र पुरुषले बाहिरी श्रम गर्ने गरिएको पाइन्छ ।

महिलाले गर्भवती बन्नुपर्ने, स्तनपान गराउनुपर्ने र त्यसबाट हुने शारीरीक कमजोरी, मातृत्व, वात्सल्य प्रेम आदि कारणले पनि महिलाहरुले बाहिरी श्रमभन्दा पारिवारिक व्यवस्थापनलाई सहजरुपमा अपनाई सदियौंदेखि आफ्नो कर्तव्य र जिम्मेवारी सम्हाल्दै आए ।

पुरुषहरुले पनि त्यसरी श्रोतसाधनमाथि नियन्त्रण गरी सत्ताको स्वाद लिएपछि त्यसमा आफ्नो प्रभुत्व कायम राख्नका लागि विभिन्न वाहानामा महिलामाथि पनि प्रभुत्व जमाइराख्न सफल भए । महिलाहरुलाई उनीहरुको प्राकृतिक गुणहरुलाई उपयोग गर्दै सहनशील, धर्ती, ममताकी खानी, हृदयकी रानी जस्ता उपमा र अलंकारहरुले सजाई रहे र उनीहरुप्रति विश्वास बनाई राख्न सफल भए । त्यही बेलादेखि विस्तारै आयआर्जन र श्रोत साधनमाथि पुरुषको प्रभुत्व र नियन्त्रण बढ्दै गएको र महिलालाई पारिवारिक व्यवस्थापनको जिम्मेवारी दिएर पारिवारमा नै अल्मल्याई उनीहरुको श्रोत साधनमाथिको नियन्त्रणबाट अलग्याएर आश्रति बनाएको पाइन्छ ।

एउटा घर बनाउन, समाज बनाउन, संस्कार बनाउन पुरुषको जतिकै महिलाको पनि योगदान भएता पनि सदियौंदेखि परिवार, समाज, परम्परा, रीतिरिवाजका नाममा महिलाहरु पुरुषको नियन्त्रणमा रहेका छन् । श्रोत साधनबाट सदियौंदेखि अलग्याइएका महिलाहरु कसैकी छोरी, कसैकी दिदीबहिनी, कसैकी श्रीमती र कसैकी आमा मात्र हुन् कि आफैं पनि कोही हुन् ?

समय बदलियो । अन्तरराष्ट्रिय र राष्ट्रिय रुपमा महिला अधिकारका आवाजहरु उठे । महासन्धी सन्धीहरु भए, अन्तराष्ट्रिय सम्मेलनहरु भए, विश्वमा महिला अधिकारका पक्षमा उठेको आवाज नेपाली आकाशमा पनि गुञ्जियो । नेपालले पनि सहभागिता जनायो, प्रतिवद्धता जाहेर गर्‍यो । वाध्यात्मकरुप मै सही, लोकलाजकै लागि सही, वैदेशिक सहयोगको आशामै सही, कछुवाको चालमै सही, महिला अधिकारका लागि गोष्ठी, सेमिनार र सभा, सम्मेलनहरु भए । योजनाहरु बने । ऐननियम कानूनहरु बने । संविधान बन्यो । महिला विकास, महिला सशक्तीकरण, लैंगिक समता र समानता, सामाजिक न्याय, समावेशीकरण, समानुपातिक प्रतिनिधित्वका व्यवस्थाहरु भए । महिला शिक्षाका लागि, महिला स्वास्थ्यका लागि, महिला रोजगारीको लागि, महिला स्वावलम्वनका लागि, महिलालाई नीति निर्माणमा पुर्‍याउनका लागि अनि श्रोत साधनमाथिको नियन्त्रण बढाउनका लागि विविध कार्यक्रमहरु आयोजना गरिए ।

अहिले हरेक क्षेत्र, तह र तप्कामा समावेशी समानुपातिक सिद्धान्त अनुरुप महिलाहरु पहुँच र नियन्त्रण गर्न सक्ने अवस्थामा पुगेका छन् र पुग्दैछन् । आजका दिनमा महिलाहरुमा शैक्षिक योग्यता छ । श्रोतसाधनमाथि पहुँच र नियन्त्रण छ । निर्णय प्रक्रियामा अग्रणी छन् । नीति निर्माणमा अव्बल छन् । समाजमा मान, मर्यादा र ईज्जत छ । अधिकांश महिलाहरु योग्य छन्, सक्षम छन्, आफू आफैं छन् । विनाप्रतिछायाँ, विनाप्रतिविम्व पुरुषहरुजस्तै ।

नेपालको संविधान, ऐन, नियम, नियमावली, कार्यविधि, निर्देशिका, योजनालगायतले लैंगिक समानता र समताको पक्षमा व्यवस्था गरी महिलालाई मूलप्रवाहीकरण गरी रहेको अवस्थामा तपाईं हामी सबैले यसै अनुरुपको दृष्टिकोण, व्यवहार र प्रवृत्ति राखेर अघि बढ्न जरुरी छ । कार्यक्रम, गोष्ठी, सेमिनार, सभा, सम्मेलनहरुमा लैंगिकताको पैरवी गर्ने तर दृष्टिकोण र व्यवहारमा परिवर्तन नल्याउनाले तपाईं हाम्रै आमा, दिदीबहिनी, श्रीमती, नातेदार, साथी, सहपाठी, सहकर्मीलगायत आम महिलाप्रति मनोवैज्ञानिक अन्याय त गरिरहेका छैनौं ? एकपटक सबैले गहनरुपमा सोच्न जरुरी छ ।

२०७४ पुष २९ गते ७:१८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

९ प्रतिकृयाहरू प्राप्त
  • Rabin Marmali लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १०:४४

    Feminist ….. ko sochai bata bahira aaunu paryo lekhak jyu harek purush laai PIDAK ko rupma matra prastut gariyo.

    8
    2
    Share

  • Rabin Marmali लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १०:४६

    RADICAL FEMINIST

    5
    1
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १४:१०

    One sided and feminist article.. may be in your personal life, if someone asks what job your husband does? you are upset! please don’t mingle your issue in all Nepalese women. in my case myself & my Mrs are same level educated. i always urge and motivate her to do a job but she likes to be a housewife. so who the hell you are to write your personal case in all Nepalese women?
    if you are wise enough, plz don’t write such One sided thoughts of yours.

    2
    0
    Share

  • raj लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १७:३१

    ma mahila, malai purush le hepxn, malai adhikar bhayena…adi adi bhanera mahila purush ko katha kaile samma sunaune? sochai ko dayera Thulo banaunu paryo…sabai manab saman hun..

    2
    0
    Share

  • Ajit लेख्नुहुन्छ    |   २०७४ पुष ३० गते ४:५८

    Kalam chalauna auxa vanyra j payo tehe na lekha na kanxi aru ko ta vanna sakdina shreeman sushila karki ko chai buda ko nam bata kosilai chindaina hai…

    1
    0
    Share

  • वीर बोहरा लेख्नुहुन्छ    |   २०७४ पुष ३० गते ५:५४

    बिध्या भन्दारी र ओनसरी घर्तिलाइ हेराइ एकै हुँदै होइन । ओनसरीको बारेमा लेखकको बुझाइ र समाजले बुझेको फरक हो । ओनसरी बर्षामान कि श्रीमति हुन र बर्षामान ओन्सरिक श्रीमान हुन । समाज ले चिन्ने पारिवारिक रुपमा वहाँहरुलाइ यत्ती हो । ओनसरी आफ्नै योगदान ले त्यो उचाइमा पुगेकी हुन । उन को आफ्नै भुमिका छ । लेखकले जवर्जस्त रूपमा वहाँलाई श्रीमान को नामसङग जोडीदिनु भयो । समाजले लेखकले भने जसरी पहिचान गरेकै छैन । सुशीला कार्किको पनि त्यही हो । जहाँ सम्म परिवारको नाम जोडीने कुरा छ त्यो त हाइप्रोफाइलको सबैको नाम चर्चामा आइहाल्छ । बिद्या भन्दारिको बारेमा लेखकले चित्त दुखाइ गर्नु भएपनी यथार्थ त्यही हो । हामिले चिनेको मदनकै श्रीमती भएरहो । वहाँ स्थापित भएकै मदन को नामले हो त अनि यसमा केको चित्त दुखाइ ? द्वारिकादेवी लाई कस्को श्रीमती भनेर चिनेको हो कि आफै स्थापित हो कसैलाई दुबिधाछ र ? अश्थलक्ष्मी आफै स्थापित नाम हो । कसैले केही भनेको छ ? जसले बुवाको , आमाको , श्रीमानको ,ससुराको पहिचानले स्थापित भयो त समाजले उसलाइ बेग्लै पहिचान ।कसरी दिन्छ ?

    3
    0
    Share

  • दुर्गा प्रसाद निराैला लेख्नुहुन्छ    |   २०७४ पुष ३० गते १४:३६

    लेख्न प्रयास गर्नु नराम्रो कुरा हैन तर त्यसको अर्थ यो हैनकी जे पनि लेख्दा हुन्छ त्यसो भए सबै लेखक हुन्थे। यहांको लेखमा सहमत हुने पक्ष कतै भेटिएन। महिलाको पक्षमा लेख्न खोजिएको हो या बिपक्षमा छुट्याउन सकिएन।तीन महिला हस्तिका बारेमा यहांले गर्नु भएको विष्लेशण कपोल कल्पित कुनै बिपक्षी पाटिमा अाबद्ध पत्रकार वा लेखकले प्रकासित लेखका अाधारमा लेखिए जस्तो लाग्यो।
    जहां सम्म महिला पछि पर्नुका कारणका बारेमा लेख्न खोजिएको छ त्यसमा प्रमुख कारण धेरै भए पनि मुख्य कारण महिलानै हुन। म सानो उदाहरण पस्कन्छुः एउटी अविवाहित नारी विवाहको लागि अाफु भन्दा हरएक कुरामा अनुभवि बरको चाहाना राख्दा अाफु स्वतः अोझेलमा पर्छिन र अाफु अोझेलमा परेको जान्दा जान्दै छोरीको विवाह पनि छोरी भन्दा सक्षम ज्वाइ खोजिन्छ। यसो गर्नाले नारीको प्रतिभा क्षीण बन्दै जान्छ। यस बाहेक धार्मिक कारण र सामाजिक कारणले जरो गाडेको छंदैछ।
    अन्तमा, यहाले महिला जागरणका कुरा गर्दा पुरूष हननका कुरा भन्दा समान अधिकारका कुरानै बेस होलाकी?कुनै बाबुले छोरीको कुभलो कसरी सोच्ला त अपबाद बाहेक?

    2
    0
    Share

  • Bhagwan Ghimire लेख्नुहुन्छ    |   २०७४ माघ १ गते ७:०३

    पुरुष प्रति पंक्तिकार को आक्रोस अलिक बढी नै जस्तो लाग्यो , हुन त वहाँले त्यो भोगेर र देखेर पनि होला तर आफै संघर्ष गरेर आएका महिला हरुको हक मा उनीहरुका अगाडी न त बाबुको न त श्रीमान को नै नाम जोडिएको हुन्छ ! अनुराधा लाइ कसको छोरी या श्रीमती भनेर चिनिन्छ र ? शुशीला कार्कीको श्रीमान को हो भन्ने धेरै जसोलाई थाह छैन ! गाउँ समाजका महिला हरु तपाइंले सोचेजस्तो स्वाभिमानी पनि छैनन् ! पढ्दा पढ्दै बिहे भयो भने पढ्ने वातावरण भएपनि पढ्न जाँगर नगर्ने , सानोतिनो जागिर छ भने पनि बिहे पछि छाडिदिने र जोरिपारिमा आफ्ना बुढाको फुर्ति लाएर बस्ने , बिहे पछि निस्क्रिय बस्न रुचाउने ,एक दुइ ओटा बच्चा पायो टन्न मोटायो श्रीमान को कमाई मा मोज गर्यो बस्यो संघर्स का कुरा त तिनीहरु बिहे नहोइञ्जेल मात्रै गरेको सुनिन्छ !बरु पुरुष हरु बिहे पछि अझै जिम्मेवार हुन्छन,आफै कमाउन थाल्छन सम्पूर्ण परिवार को दाइत्व बोक्छन ! त्यसैले समग्र रुपमा पुरुष लाइ मात्रै दोष दिएर उम्कन मिल्दैन म्याडम !

    1
    0
    Share

  • Krishna लेख्नुहुन्छ    |   २०७४ माघ १ गते १६:४५

    माथिको लेख पढे।पुरुषप्रति आक्रोस पोखेको भाषामा पाए।महिलाले पुरुषसंग जुवारी खोजेर वा पौठेजोरी खोजेर आफ्नो हैसियत माथि उठाउन सक्तैन।प्रकृतीको बिपरित जानखोजियो भने बंश र आफ्नै नास हुन्छ। जे छ त्यसैमा रमाउन सिक्नु पर्दछ। महिलाहरु आफू सक्षम हुन खोज्ने अनि पद र प्रतिष्ठा भने समान खोज्ने? बोकेको कुकुरले सिकार मार्दैन भन्ने कुरा बुझ्न जरुरी छ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this