Comments Add Comment

इस्लिङटनले सुरु गर्‍यो रोजगार सहितको एमबिए

२८ पुस, काठमाडौं । इस्लिङटन कलेजले अनुसन्धान रोजगार सहितको एमबिए कोर्स सुरु गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले उक्त कोर्स सुरु गरेको जनाएको हो ।

कलेजले चीन र थाइल्याण्डमा समेत अतिरिक्त समय अध्ययनको व्यवस्थासहित दुई वर्षे एमबिए कोर्स सुरु गरेको जनाएको छ ।

बेलायतको लन्डन मेट्रोपोलिटन विश्व्ाविद्यालयको सम्बन्धनमा चालु शैक्षिक सत्रदेखि नै यस्तो कोर्स सुरु गर्न लागिएको हो ।

यो कार्स अध्ययनपछि नेपाल लगायत विश्वका कुनै पनि मुलुकमा व्यवसाय अध्ययन र अनुसन्धान गर्न सहयोग हुने कलेजले बताएको छ ।

अनुसन्धानमा आधारित दुई वर्षे कोर्स अन्तर्गत नेपालबाट विदेश निर्यात हुने र विदेशबाट नेपाल आयात हुने सामाग्रीको विषयमा सुक्ष्म अध्ययन गर्न सकिनेछ ।

व्यापारसँग सुक्ष्म अध्ययन गर्ने उद्देश्यसहित नयाँ विषयको सुरुवात गरिएको कलेजका प्रमुख कार्यकारी निर्देशक शुलभ बुढाथोकीले जानकारी दिए । ‘बैंकिङ, अर्थ र व्यापारिक क्षेत्रको विषयमा अध्ययन गरी नेपालको व्यावसाय संचालन गर्न सहजताको लागि नयाँ कोर्सको सुरुवात गरेका हौं,’ उनले भने ।

देश र विदेशको सम्पूर्ण व्यावसायीक विषयको अध्ययन अनुसन्धान गर्न सुरु गरिएको यो एमबिए कोर्स नेपालको पहिलो भएको दावी कलेजको छ ।

‘म्यानेजेरियल लेभल’ मा दुई वर्ष रोजगारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी संचालन गर्न लागिएको यो विषय विश्व्ाप्रसिद्ध चीनको अलिवावा डट कम र युनिभर्सिटी अफ द थाइल्याण्ड चेम्बर अफ कमर्शसँगको सहकार्यमा गरिएको छ ।

कोर्सका लागि पहिलो वर्ष लन्डन मेट्रोपोलिटियन युनिभर्सिटीको कोर्ससँगै चिनियाँ भाषाको एचएसके तेस्रो लेभलको भाषा सिक्नुपर्छ । भाषासँगै अलिवावा डट कम र त्यसँग सम्बन्धीत विज्ञसँग तालिमको व्यवस्था गरिएको छ ।

नेपाल र विश्व्ाको आयात र निर्यातको अवस्था कस्तो छ, नेपालको बजार विस्तार अन्य मुलुकसँग कसरी सम्भव छ लगायतका अनुसन्धानात्मक विषय सिक्नेका लागि यो कोर्स प्रभावकारी हुने कलेजले बताएको छ ।

चीनमा अध्ययन सम्पन्न गरेपछि दुई साता थाइल्याण्डमा अध्ययन गर्नुपर्ने अतिरिक्त व्यवस्था र थाइल्याण्डको चेम्बरसँग विश्व्ाकै व्यापारको विषयमा अध्ययन गर्ने अवसर कोर्सबाट मिल्नेछ । एकेडेमिक पेपर, विजनेस प्रपोजल, थेसिस बुझाउँदा अनुसन्धनात्मक विषयलाई केन्दि्रत गरिएको कलेजले जनाएको छ ।

दुइवर्षे कोर्स पूरा गरिसकेपछि नेपालमै रोजगारी सिर्जना गर्ने कि विदेश जाने भन्ने विषय छनोट गर्ने अधिकार विद्यार्थीलाई नै दिइने कलेजका कार्यकारी निर्देशक बुढाथोकीले बताए ।

यो कोर्सले जहाँसुकै व्यापार/व्यवसाय संचालन गर्न सघाउनुका साथै व्यापारी र उपभोक्ताको सम्बन्धको लागि पनि पुलको काम गर्ने अपेक्षा गरिएको छ ।

करिब एक वर्षको लामो अध्ययनपछि बेलायतले कोर्स संचालन गर्ने अनुमति दिएको कलेजले जनाएको छ ।

अनुसन्धानमा आधारित विषय भएकोले पहिलो वर्ष २० जना विद्यार्थीले मात्र यो कोर्सको अध्ययन गर्ने अवसर पाउनेछन् । यो कोर्स अध्ययन गर्न ५ लाख ५० हजार रुपैयाँ र चीन र थाइल्याण्डमा अतिरिक्त कोर्स अध्ययन गर्न करीव ८ लाख ५० हजार रुपियाँ लाग्नेछ ।

‘यो विषय त नेपालमै महत्वपूर्ण छ, विदेश गएर रोजगारी गर्न आवश्यकता नै पर्दैन,’ कार्यकारी निर्देशक बुढाथोकीले भने ।

कार्यकारी निर्देशक बुढाथोकीले कलेजमा अध्ययन गरेका विद्यार्थीले आˆनै देशमा सेवा गरुन् भन्ने उद्देश्यले अनुशन्धानमा आधारित एमबिएको कोर्स सुरु गरिएको बताए ।

कलेजले विगत २२ वर्ष अघिदेखि नेपालमै बेलायती शिक्षाको अध्यापन सुरु गरेको छ । सन् १९९६ मा इन्फोमेटिक्स र सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले सूचना प्रविधि र व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको अध्यापन गराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment