Comments Add Comment

खोटाङबाट १९ टाटा सुमोको सेवा

२८ पुस, काठमाडौं । खोटाङ्ग यातायात ब्यवसायी संघले एकैसाथ १९ थान टाटा सुमो खरीद गरी टाटा सुमो सेवा सुरु गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच १९ थान टाटा सुमोको साँचो हस्तान्तरण गरियो ।

उक्त कार्यक्रमको उद्घाटन टाटा मोटर काकन्ट्री म्यानेजर अजितनारायण सिहं र खोटाङ्गका प्रतिनीधि सभा सदस्य विशाल भट्टराईले संयुक्त रुपमा गरे ।

उक्त कार्यक्रममा खोटाङ्गका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै खोटाङ्ग यातायात व्यवसायी सघंका पदाधिकारीहरुले टाटा सुमोको बलियो इन्जिन र पहाडी बाटोमा उच्चतम् क्षमताले गर्दा आˆनो रोजाईमा परेको बताए र भविष्यमा अझ गाडी थप्दै सेवा विस्तार गरिने बताइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment