1. ताजा अपडेट
Comments Add Comment
keshab pyakurel
२०७४ पुष २९ गते १:५१
barr pani mile ko raicha yoo kanda ma sidha xa kura
Tirth
२०७४ पुष २९ गते १:१३
Baarko chinta jayaj cha .Bhawana le matra hudaina .
Sun
२०७४ पुष २८ गते २०:१५
KC ta KC nai hun tara kati farak. Euta KC HERO (Govinda KC), aarko KC ZERO (Sher Bahadur KC). Nam nai Sher Bahadur bhaye pacchi thar KC bhayera ke hunthyo ra. Janta ko side liyera bolna lai ta thulo Chhati ra aant chahinchha, nam Sher bhayera kehi hunna ho.
chandra limbu
२०७४ पुष २८ गते १९:४९
Shame! BAR ASSOCIATION, How could you give justice to people if your root is decayed?
किशोर
२०७४ पुष २८ गते १९:२०
मलाई थाहा छैन,एउटा नागरिकको हैसियतले यति कुरा सोध्न मिल्छ कि मिल्दैन, मेरो देस नेपालको सर्वच्चअदालतको सम्माननीय प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको शैक्षिक योग्यता कति होला ?आखिर सहि नै छ भने स्वतन्त्र छानविन किन नगरेको होला? यदी यो छानबिन नगरी प्रधानन्यायाधीशको रिटायर्ड भएमा फेरी आम नेपालि जनताले सोध्नेछन् नेपालको प्रधानन्यायाधीश वन्न्लाई कति शैक्षिक योग्यता भए पुग्छ ?UNDER SLC?
krishna kumar shrestha
२०७४ पुष २८ गते १९:०९
Parajuli shree man ko slc ko cirtificate ko photocopy sarbjanik vaea hamro snka metintyo
sushan
२०७४ पुष २८ गते १८:४६
नेपाल बार िहजाेः सशीलाकाे इजलास बहीस्कार अाजः पराजुलीकाे बचाउ दुवै न्याय पालिकाकाे गरीमा बचाउन रे कस्ताे कुरीकुरी पनी नलागेकाे हाेला
प्रल्हाद सुबेदी
२०७४ पुष २८ गते १८:२६
कठै ! बार पनि सती जाने भएछ ।
Dipendra Khadka
२०७४ पुष २८ गते १८:०२
न्यायलय मा हुने गलत प्रक्रिया र प्रवृति रोक्न को लागि र आफु अनुकुल पार्टी को भर्ति केन्द्र रोक्न को लागि पनि Dr KC को अनसन जारी राख्नु पर्छ न्यायलय कुनै पार्टी को भर्ति केन्द्र र न्यायाधिस हरु तिमीहरु को दलाल बन्नु हुन्न तेस्को लागि पनि पनि DR . KC ले गर्नु भयको कार्य मा मेरो पूर्ण सहमत छ सबै लै चेतना भया नेपाल को जय होस् !
Nagen
२०७४ पुष २८ गते १८:०२
Former cj shushila karkilai dukha dine timiharunai hoina. Timiharu chahi k gatila hau ra chor haru.
ram jee prasad
२०७४ पुष २८ गते १७:४८
सबै फटाह फटाहको विचमा कोही पनि सज्जन असल देखिन सकिदैन समयको खेल हो । परिणाम सबैले भोग्नै पर्छ अत न्यायलयको मानहानी होस वा नहोस गलत प्रवृत्ति र व्यक्तिको हावीले देशलार्इ कहिले पनि असल बाटोमा हिडाउन सक्दैन । यसको निष्पक्ष छानविन होस ।
BB
२०७४ पुष २८ गते १७:३७
Bull shit,
Avas Upadhyay
२०७४ पुष २८ गते १७:०९
नेपाल बार एशोसिएसनले डा. गोविन्द केसीको मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गरेको छ। BAR ASSOCIATION ma Congress ko majority chha. Sushila Karki lai MAHAAVIYOG lagayera PARAJULI lai Deuba le nai lyayeka hun. BAR le unko save garnu kun naulo kura vayo ra?
Khamma Singh Darlami
२०७४ पुष २८ गते १७:०३
There is no difference between "Dog's moustache & beard" all are the same
rohit ram
२०७४ पुष २८ गते १६:४७
Euta Congress le arko Congress lai bachaunu ta swabhabik nail ho......Sansthaharu partygat bhayepachhi yestai hunchha.....
kusan sharma
२०७४ पुष २८ गते १६:२९
'दुधको साक्षी बिरालो'l

बारले गर्‍यो प्रधानन्यायाधीशको बचाऊ, अनसन तोड्न डा. केसीलाई आग्रह

२८ पुस, काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले डा. गोविन्द केसीको मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गरेको छ ।

साथै अनसन बसेर राखेर न्यायालयमाथि दबाव नदिन डा. केसीलाई आग्रह गरेको छ ।

डा. केसीको अनसन, अदालतको अवहेलना मुद्दा र सर्वोच्चको आदेशबारे आफ्नो धारणा सार्वजनिक गर्दै बार एशोसिएसनले पराजुलीको बचाउ गरेको छ ।

अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी गर्न पाइने भएपनि व्यक्तिगत लान्छना लगाउनु तथा अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको बताएको छ । आफू अनुकुल आदेश नआउँदा प्रधानन्यायाधीशको राजीनामा माग्दै जाने हो भने प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ समेत गराएको छ ।

केसीको नाम नलिई भनेको छ, ‘आफ्नो अनुकुलतामा फैसला आदेश नभए प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पूरा नहुन्जेलसम्म आमरण अनसन जारी राख्ने जस्ता विषयबस्तुले प्रश्रय पाउने हो भने र त्यसलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने कुन विषयबस्तु कुन ठाउँमा उठाउने, कसले उठाउने र उपचार पाउने माध्यम के हो भन्ने विषयमा जटिलता मात्र देखिने नभई गलत प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ ध्यानाकर्षण गराइन्छ ।’

बारले कुनै मुद्धामा न्यायाधीशविरुद्ध उजुरी गर्नु परे न्याय परिषद् जानुपर्ने कानुनी व्यवस्था पनि स्मरण गराएको छ ।

उजुरी परेमा न्याय परिषद्ले अध्ययन गर्ने भन्दै भनेको छ, ‘उक्त कानुनी व्यवस्थाको परिपालना गरी स्वतज्ध न्यायपालिकाको गरिमा कायम राख्न अनुरोध गरिन्छ ।’

बार एशोसिएसनले डा. केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेशको स्वागत पनि गरेको छ ।

उसले अनसन स्थगित गर्न पनि आग्रह गरेको छ । महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारकेा दबाव र प्रभाव स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय हुने हुँदा यस प्रकारका कार्य नगर्न अपील गर्दछ ।’

बारले पराजुलीको नागरिकता, शैक्षिक प्रमाणपत्र लगातयतका कागजपत्र मगाएकोबारे बोलेको छैन । यसबारे सोध्दा बार अध्यक्ष शेरबहादुर केसीले अनलाइनखबरसँग भने, ‘यसबारे सर्वोच्चले पहिल्यै फैसला गरिसकेको छ । अहिले त प्रमाणका लागि कागजपत्र मगाएको मात्र हो । न्यायिक छानविन हुँदै होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment