बिहीबार, ४ माघ, २०७४
OnlineKhabar.com

विद्युत् चोरीको आरोपमा छ जना पक्राउ

२८ पुस, दाङ । विद्युत् चोरीको आरोपमा छ व्यक्तिलाई पक्राउ गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण तुलसीपुरका प्रमुख दीपक चौधरीले हुकमार्फत मुख्य तारबाट बिजुली चोरेर घरमा बालेको आरोपमा दंङ्गिशरण गाउँपालिका–२ बस्ने ६० वर्षीय काभोलबहादुर विक, ४८ वर्षीय कुलबहादुर नेपाली, २७ वर्षीय सूर्यबहादुर चौधरी, १६ वर्षीय सुरज विक र ६३ वर्षीय पिमलाल नेपाली तथा बबई गाउँपालिका–७ बस्ने ३० वर्षीय प्रकाश नेपालीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको सहयोगमा गए राति घरबाट पक्राउ गरिएको र हाल इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको बताइएको छ ।

२०७४ पुष २८ गते १७:०४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this