Comments Add Comment

राष्ट्रियसभा निर्वाचनका लागि २१ दल दर्ता

२८ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुँदैछ । त्यसका लागि दल दर्ता गर्न आयोगले दिएको समय शुक्रबार सकिएको छ ।

आयोगका अनुसार शुक्रबार अन्तिम दिनसम्म २१ राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

निवेदन दिएका राजनीतिक दलहरूमा एमाले, कांग्रेस, माओवादीका साथै राजपा र फोरम पनि छन् ।

त्यस्तै, नेमकिपा, राष्ट्रिय जनमोर्चा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, विवेकशील साझा पार्टी, नयाँ शक्ति, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, परिवार दल, नेपाल नौलो जनवादी, नेपाल दलित पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment