Comments Add Comment

जावलाखेलमा एनसेल मेला आयोजना हुने

२८ पुस, काठमाडौं । एनसेल प्रालिलेे एनसेल मेला -२०७४ आयोजना गर्ने भएको छ । आˆना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवासँग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न शनिवार उक्त मेला आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । मेला ललितपुरको जाउलाखेल फुटबल मैदानमा आयोजना गर्न लागिएको हो ।

गीत-संगीतलगायत सबै उमेर समूहका दर्शक तथा आगन्तुकहरूका लागि विविध रोचक कार्यक्रमहरु समावेश गरिएको आयोजकले जनाएको छ ।

मेलामा चर्चित कलाकारहरू शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे) तथा चर्चित सांगीतिक समुहहरू कबवेभ र द एजको सांगितीक र मनोरञ्जनात्मक प्रस्तुती रहने एनसेलले जनाएको छ ।

गेम स्टलहरू, किडस् जोन, फोरजी जोन र फुड स्टलहरू मेलाका आकर्षण रहेका छन् । बट्राम्पो लिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी पि्रन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकर्षणहरू रहनेछन् । मेलामा फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनीगल्फ, प|mगजम्प, कार रेस फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरू पनि रहने आयोजकले बताएको छ ।

बालबालिकाहरूको गायन प्रतिभा उजागर गर्न ‘जुनियर सिङ्गिङ आइडल’ जस्ता कार्यक्रमका साथै ट्राम्पो लिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी पि्रन्सेस् क्यासल, क्यारेक्टर लगायतका बालमनोरञ्जनात्मक कार्यक्रम पनि मेलामा आयोजना गरिनेछ ।

मेलामा प्रवेश निःशूल्क गरिएको छ ।

एनसेलका कर्पोरेर सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने, ‘मेलामा आगन्तुकहरूले कम्पनीले २१ शहरमा प्रदान गर्दै आएको देशकै वृहत नेटवर्क भएको फोरजी सेवा लगायत अन्य सेवा र सुविधाहरूका बारेमा पनि जानकारी लिन सक्नेछन् ।’

यो कार्यक्रमसँगै पोखराबाट सुरु भएको एनसेल मेला -२०७४ समापन हुने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment