Comments Add Comment

अन्तर कलेज सिक्स ए-साइड फुटबलको सेमिफाइनल समीकरण पूरा

२८ पुस, काठमाडाैं । केब्स अन्तर कलेज सिक्स ए-साइड फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । शुक्रबार भएका क्वार्टरफाइनल खेलहरूमा जित हासिल गर्दै जेम्स, इष्ट पोल, टाइम्स कलेज र विट्स कलेज सेमिफाइनलमा पुगेको छ ।

शुक्रबार भएको क्वार्टरफाइनल खेलमा जेम्स कलेजले आयोजक कुमारी कलेजलाई ३-० ले हरायो । जेम्सका लागि भुपेन राईले हृयाटि्रक गरे । अर्को क्वार्टरफाइनलमा इष्ट पोलले आइडिएल कलेजलाई ४-० ले हरायो ।

यता टाइम्स कलेजले आइडिएल कलेजको बी टिमलाई २-१ ले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गर्‍यो । टाइम्सको जितमा अनिश कार्कीले २ गोल गरेका थिए ।

अन्तिम क्वार्टरफाइनलमा विट्सले केयू सिटीलाई १-० ले हरायो ।

चावहिलको तरकारी बजार मैदानमा जारी प्रतियोगितामा काठमाडौंका ११ कजेलका १६ टोलीको सहभागिता थियो । प्रतियोगिताको उपाधि बिजेताले २५ हजार र उपबिजेताले १५ हजार पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment