Comments Add Comment

एनएससी ओपन गल्फ च्याम्पियनसिपमा टंकलाई दोहोरो स्वर्ण

२८ पुस, काठमाडौं । टंक बहादुर कार्की राखेप च्याम्पियनसिप अन्तर्गतको एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा दोहोरो स्वर्ण जित्न सफल भएका छन् ।

प्रतियोगिताको अन्तिम दिन एकलतर्फ २ ओभर ७० अंक जोडेर समग्रमा ३ ओभर २०७ का साथ शुक्र बहादुर राईलाई ५ स्ट्रोकले हराउँदै कार्कीले दोस्रो स्वर्ण जितेका हुन ।

यसअघि उनले टिम इभेन्टमा पनि स्वर्ण जितेका थिए ।

शुक्रले १ अण्डर ६७ को दिनकै उत्कृष्ट स्कोरकार्डमा समग्रमा ८ ओभर २१२ का साथ रजत पदक जिते । उनको यो दोस्रो रजत हो । टिममा उनी सम्मिलित निर्भाना कन्ट्री क्लबले रजत जितेको थियो ।

सुवास घिसिङले ९ ओभर ७७ को खराब प्रदर्शनका बाबजुद समग्रमा १८ ओभर २२२ को नतिजामा कास्य पदक हात पारे । सुवास भन्दा एक स्ट्रोकले पछि परेका विपिन तामाङ २२३ अंकका साथ चौथो, २२५ अंक जोडी सुन्दर राई पाँचौ २२६ अंक जोडी नवराज थापा छैटांै र २२७ को नतिजामा सुरेश तामाङ सातांै भए ।

अन्तिम दिन ८ स्ट्रोकको अग्रतासहित खेल सुरू गरेका टंकले २ ओभर ७० अंक जोडने क्रममा प|mन्ट नाईन २ ओभर ३६ र ब्याक नाईन ईभन पार ३४ मा पूरा गरे । पहिलो नौ होलको खेलमा पाँचौ र नवौं होलमा बोगी प्रहार गरे । अन्तिम नौ होलमा ११औ र १८ औ होलको बर्डीका विरूद्ध १३ औ र १६ औ होलमा बोगी प्रहार गरे ।

१ अण्डर ६७ अंक बनाएका शुक्रले चौथो होलमा एक सट बचाउँदा सातौं होलमा बोगी खेपे र प|mन्ट नाईन इभन पार ३४ मा सकाए । यसपछि १३ औं र १७ औं होलमा बर्डीको सफलता प्राप्त गरे भने अन्तिम होलमा बोगीको सामना गरे ।

यसअघि विहीबार टंक बहादुर कार्की, सुवास घिसिङ र सन्दीप तामाङ सम्मिलित मध्यमाञ्चलले स्वर्ण पदक जितेको थियो । २९४ अंकसहित युवराज भुजेल, शुक्र बहादुर राई र सुन्दर राई सम्मिलित निर्भाना कन्ट्री क्लबले रजत तथा बिनोद तामाङ, भरत बास्ताकोटी र नवराज चौलागाईंको रोयल नेपाल गल्फ क्लबले ३०४ अंक सहित कास्य पदक हात पारेका थिए ।

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, कोषाध्यक्ष किशन अग्रवाल लगायतले पुरस्कार वितरण गरे ।

नेपाल गल्फ संघद्वारा आयोजित तीन दिने प्रतियोगितामा सात टिमका चालीस खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment