Comments Add Comment

मधुमेह र उच्च रक्तचापबाट बच्न खाने गरौं यी ५ चिज

मधुमेहले धेरैलाई सताएको छ । यसलाई हामी खानदानी रोग पनि भन्छौं । खासगरी सौखिन जीवनशैली रोज्नेहरु मधुमेहको चपेटामा पर्छन् । मधुमेहबाट बच्नका लागि खानपानमा सर्तक रहनुपर्छ । सक्रिय जीवनशैली विताउनुपर्छ ।

मधुमेह जस्तै उच्च रक्तचाप, मुटुरोग पनि अहिले खानदानी रोगको रुपमा देखापरेको छ । यस्ता रोगहरुबाट बच्नका लागि स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । साथै खानपानमा सावधानी अपनाउनुपर्छ ।

यस्ता अनेक रोगबाट बच्नका लागि हामीलाई म्याग्नेसियमयुक्त खानेकुराको खाँचो हुन्छ ।

किन म्याग्नेसियम ?

हाम्रो शरीरलाई सँधै स्वस्थ र सक्रिय बनाइराख्न आवश्यक मिनरल्समध्ये एक हो म्याग्नेसियम । हाम्रो शरीरको संरचनामा म्याग्नेसियमको महत्वपूर्ण भूमिका हुन्छ र यसले हामीलाई कयौं बिमारीहरुबाट बचाउँछ ।

खासमा म्याग्नेसियम पनि क्याल्सियम र बोरियम जस्तै एक छारिए तत्व हो । हालै गरिएको एक सोधबाट प्रमाणित भइसकेको छ कि यसले शरीरमा मौजूद इन्जाइमसँग मिलेर ग्लूकोज बनाउने काम गर्छ र यसले इन्सुलिन बनाउने प्रक्रियालाई पनि दुरुस्त राख्छ ।

म्याग्नेसियमयुक्त खानेकुराको सेवनले टाइप २ डाइबिटिजको खतरा कम हुन्छ । यसले हाम्रो स्मरण शक्तिलाई मजबुत बनाउँछ ।

उच्च रक्तचाप, मुटुरोग, तनाव, माइग्रेन तथा अर्थराइटिसजस्ता समस्याहरुबाट बचाउन पनि यो सहयोगी हुन्छ । यति मात्र होइन, क्याल्सियमसँग मिलेर यसले हड्डीलाई मजबुत बनाउँछ । गर्भमा रहेको शिशूको विकासको लागिय पनि यो तत्व अति आवश्यक हुन्छ ।

के हुन् प्रमुख स्रोत ?

दहीः यो क्याल्सियम र म्याग्नेसियमको अत्यन्त राम्रो स्रोत हो ।

केराः यसमा पोटासियमका साथ म्याग्नेसियम पनि भरपूर मात्रामा पाइन्छ । यसले इम्युन सिस्टमलाई मजबूत बनाउनुका साथै स्मरण शक्ति बढाउन पनि सहयोगी हुन्छ ।

सीताफलको बिउः सीताफलको बिउमा म्याग्नेसियम भरपूर मात्रामा पाइन्छ । यसको बिउलाई घाममा सुकाएर तेल र नूनका साथ भुट्नुस र यसपछि स्न्याक्सको रुपमा यसको सेवन गर्नुस । यसबाट तपाईंको शरीरले भरपूर मात्रामा म्याग्नेसियम प्राप्त गर्नेछ ।

बदामः यो म्याग्नेसियमको सबैभन्दा राम्रो स्रोत हो । हरेक दिन पानीमा भिजाएर पाँच बदामको सेवन गर्दा स्मरणशक्ति बढाउनुका साथै स्नायु प्रणालीसँग सम्वन्धित रोगहरुबाट पनि बचाउँछ ।

हरियो पत्तेदार तरकारीः यो आइरनका साथै म्याग्नेसियमको पनि अत्यन्त राम्रो स्रोत हो । पत्तेदार तरकारीले शरीरमा हेमोग्लोविनको स्तर बढाउनका साथै मांसपेशीहरुलाई पनि मजबुति प्रदान गर्छ ।

नोटः अन्य पोषक तत्व जस्तै म्याग्नेसियमको अधिकता पनि हानीकरक हुन सक्छ । यसको अधिताबाट ब्लड प्रेसर, डायरिया जस्ता समस्याहरु उत्पन्न हुन सक्छन् । यद्यपि,  प्राकृतिक स्रोतबाट प्राप्त हुने म्याग्नेसियमको सेवनबाट भने यस्तो कुनै आशंका हुँदैन । यसको सेवनभन्दा अगाडि डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment