Comments Add Comment

खप्तड गोल्डकपको सेमिफाइनल समीकरण पूरा

अन्तिम क्वार्टरफाइनमा मनाङले रुपन्देहीलाई ४-० ले हरायो

२८ पुस , कैलाली । धनगढीमा जारी दोस्रो सुदूरपश्चिम गोल्डकप फुटबलको सेमीफाइनल समीकरण पूरा भएको छ । शुक्रबार भएको अन्तिम क्वार्टरफाइनलमा साविक बिजेता मनाङ मस्र्याङ्दी क्लबले रुपन्देही-११ लाई ४-० गोलले पराजित गरेको छ ।

आयोजक सुदूरपश्चिम-११, एपीएफ, त्रिभुवन आर्मी यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

शुक्रवार क्षेत्रीय रङ्गशालामा भएको खेलमा १९ औं मिनेटमा विदेशी खेलाडी भिक्टरको गोलबाट अग्रता लिएको मनाङ मर्स्याङ्दीले खेल अवधिभरी नै रुपन्देहीलाई दबावमा राखेको थियो ।

पहिलो हाफमा एक गोलमात्रै गरेको मनाङले दोस्रो हाफमा तीन थोल थप्यो । ५५औं मिनेटमा रुपन्देहीका छिरिङ गुरुङको आत्मघाती गोलमार्फत मनाङले अग्रता दोब्बर बनायो ।

खेलको ८३औं मिनेटमा विशाल राईले टिमका लागि तेस्रो गोल गरे । त्यसको १ मिनेट बित्न नपाउँदै बिमल रानाले मनाङका लागि चौथो तथा विजयी गोल गरे ।

खेलको म्यान अफ द म्याच मनाङ बनेका बिदेशी स्ट्राइकर भिक्टरले १० हजार पुरस्कार पाए ।

प्रतियोगिता अन्तर्गत शनिबार मनाङ र त्रिभुवन आर्मीबीच पहिलो सेमिफाइनल हुनेछ भने आइतबार एपीएफ र आयोजक सुदूरपश्चिमबीच दोस्रो सेमिफाइनल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment